आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

एनआरएनए मलेसियाको अध्यक्षमा सुनिल चालिसेको उम्मेद्धारी

मंगलबार, असार ८ २०७८

क्वालालम्पुर। गैरआवासीय नेपाली संघ एनआरएनए मलेसियाको आगामी अधिबेसनका लागी अध्यक्षमा सुनिल चालिसेले उम्मेदवारी घोषणा गरेका छन । संघको अधिबेशन नजिकै गर्दा अध्यक्ष पदका आकाक्षिहरु एकपछी अर्को गर्दै दाबेदारी दिने क्रम जारी रहेको छ । आगामी अध्यक्षका लागी पूर्व अध्यक्ष महेन्द्रजंग शाह , बर्तमान अध्यक्ष हरि भट्टराई,उपाध्यक्ष सुन्दर आले र पुर्व महासचिव सुनिल चालिसेले उम्मेदवारी दिने घोषणा गरिसकेका छन । अध्यक्षका दाबेदारी चालिसेले मलेसियामा राजनैतिक हाबी र पुजीवादी संस्कारकै आधारमा संघको नेतृत्व चयन गर्दै आइरहेकोले यसको अन्त्य गरेर श्रमिक मुखी सँस्थाको परिचय निर्माण गर्नपनी आफूले उम्मेदवारी दिएको बताए । गैरआवासीय नेपाली संघ मलेसियाको नाम मलेसियामा श्रमिक किन बेच गर्ने दलाल र म्यानपावर व्यावसायी हरुले बदनाम गराएका छन । संघलाई श्रमिक मैत्री बनाउन सकेका छैनन।
यहि परिपाटीको अन्त्य गरेर श्रमिक माझ लोकप्रिय सँस्था बनाउन र मलेशियामा रहेका श्रमिकका समस्यालाई उजागर गर्नको निम्ति आफुले आगामी नेतृत्व लिन चाहेको बताए । संघलाई सुदृढीकरण र थप श्रमिकमैत्री बनाउने काम कुनैपनी नेतृत्वले नगरेकोले त्यसतर्फ आफ्नो ध्यान केन्द्रित भएर आगामी अधिबेशनमा आफ्नो नेतृत्वमा संघलाई अगाडि बढाउने आफ्नो इच्छा रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार