आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

एमाले बनेका जनप्रतिनिधिहरुलाई पदमुक्त गर्न माओबादीले निर्बाचन आयोगलाइ बुझायो बिबरण(नामावलीसहित)

मंगलबार, असार ८ २०७८

काठमाडौ(जस)-माओबादी केन्द्रले एमाले बनेका स्थानिय हका जनप्रतिनिधिहरुलाई पदमुक्त गर्न निर्बाचन आयोगमा सुची पठाएको छ । माओबादीबाट निर्बाचन जितेका १४ स्थानिय तहका जनप्रतिनिधिहरुको सुची आयोगमा पठाएको हो ।सोमवार बसेको आकस्मिक केन्द्रीय कमिटी बैठकको निर्णयको माइन्युटसहित माओवादी केन्द्रले दुई नगरपालिकाका मेयर,गाउँपालिका अध्यक्षसहित विभिन्न जिल्लाका वडाध्यक्ष र सदस्यको पद रिक्त गराउन कारवाहीको पत्र बुझाएको छ ।यसअघि नै कारवाहीका लागि पठाइए पनि केन्द्रीय समितिको निर्णय नभएको भनी आयोगले कुनै कारवाही अघि बढाएको थिएन । पद रिक्त गराउन पत्राचार गरिएकामध्ये अधिकांश रौतहट र कैलालीका छन् ।रौतहटका प्रभु साह र कैलालीका लेखराज भट्ट एमालेतर्फ लागेपछि उनीहरूनिकट स्थानीय तहका जनप्रतिनिधि पनि एमाले माओवादी ब्युँतिएपछि एमालेतर्फ लागेका थिए ।यसअघि विभिन्न दलले कारवाही गरेर पदमुक्त भएका स्थानीय तहका जनप्रतिनिधिहरू सर्वोच्च अदालतबाट अन्तरिम आदेशमार्फत पुनर्वहाली भएका छन् ।

पदमुक्त गर्न निर्बाचन आयोगमा पठाएका जनप्रतिनिधिहरुको नामावलिः

१. रिनाकुमारी साह, प्रमुख- मौलापुर नगरपालिका, रौतहट

२. सियाराम कुशवाह, प्रमुख- कटहरिया नगरपालिका, रौतहट

३. परनिया देवी, उपप्रमुख- देवाही गोनाही नगरपालिका, रौतहट

४. गौरीशंकर जयसवाल, उपप्रमुख- मौलापुर नगरपालिका, रौतहट

५. कान्ती देवी, उपप्रमुख- फतुवाविजयपुर नगरपालिका, रौतहट

६. सीमलाल साह, उपप्रमुख- माधव नारायण नगरपालिका, रौतहट

७. गीतादेवी शाह, उपप्रमुख- युमनामाई गाउँपालिका, रौतहट

८. समतीलाल दास ताती, सदस्य- लहान नगरपालिका सिरहा

९. शेष फारुक, अध्यक्ष- सम्सी गाउँपालिका, महोत्तरी

१०. सुरेश कुमार थावा, वडाध्यक्ष- चम्पादेवी गाउँपालिका-१ ओखलढुंगा

११. भागिरथी विष्ट, वडाध्यक्ष- गौरीगञ्ज नगरपालिका-४, कैलाली

१२. शर्मानन्द भट्ट, वडाध्यक्ष- गोदावरी नगरपालिका-१ कैलाली

१३. पुरन विसी, वडाध्यक्ष- बर्दगोरिया नगरपालिका-४, कैलाली

१४. छायाँ देवकोटा, उपप्रमुख- भजनी नगरपालिका, कैलाली

प्रतिक्रिया
सम्बन्धित समाचार