काठमाडौ(जस)-जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञाका कारण स्थगित गरेका सेवा मंगलबारदेखि सुचारु गर्ने भएको छ । प्रशासनले भोलिदेखि नियमित रुपमा जनस्वास्थ्यको मापदण्ड पालना गरी नियमित रुपमा दिँदै आएको सबै सेवाहरुलाइ निरन्तरता दिने भएको हो ।अत्यावश्यक सेवा लिनुपर्ने कारणखुलाएर मात्रै प्रशासन कार्यालय आउनुपर्ने प्रशासकीय अधिकृत मानबहादुर बुढाले बताए ।कोभिड -१९ को संक्रमण उच्च भएपछि बैशाख १३ गतेदेखि अत्यावश्यक बाहेकको सेवा स्थगित गरेको थियो । यसअघि प्रशासनले निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा भने दिँदै आइरहेको थियो ।
