काठमाडौ(जस)-माओबादी केन्द्रले केन्द्रीय कमिटि बिस्तार गरि केन्द्रीय सदस्यको संख्या २९९ पुर्याउन लागेको छ । नेकपा एकता गर्दा माओबादी केन्द्रको तर्फबाट केन्द्रीय सदस्य भएका २०० जना मध्ये एमालेमै रहेका १८ केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी मुक्त गरि नया थप गर्न लागेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीबाट एमालेमै रहेका १८ केन्द्रीय सदस्य र अन्यलाई समाबेश गरी ओलीले पुर्ब माओबादीका २३ जनालाई केन्द्रीय सदस्य बनाएका छन् । आफ्नै संगठनतिर फर्किएको माओवादी पार्टीको अवस्थाका विषयमा ६ सदस्यीय कार्यदल बनाएर अध्ययन जारी राखेको छ। जसमा वर्षमान पुन, जनार्दन शर्मा, देवेन्द्र पौडेल, मातृका यादव, गिरिराजमणि पोखरेल र पम्फा भुसाल रहेका छन् ।
उक्त कार्यदलले पार्टी विधान र संगठन अवस्थाका विषयमा गृहकार्य गरिरहेको कार्यदल सदस्य एमव् स्थायी समिति सदस्य मातृका यादवले बताए। ‘कार्यदललाई पार्टी विधान, संगठनको अवस्था र पार्टीको समग्र अवस्थाको विषयमा अध्ययन गर्न जिम्मा दिएको थियो,’ यादवले भने, ‘पार्टी विधान लगभग तयार भइसक्यो। विधान बमोजिम २ सय ९९ जना केन्द्रीय सदस्य बनाउनु पर्ने भएको छ। पार्टी संगठनको अवस्था र भावी कार्यक्रमका विषयमा कार्यदलका अन्य सदस्यहरुले तयार गर्नुहुनेछ।’ सबै प्रदेश र जिल्लाबाट केन्द्रीय सदस्यको नाम सिफारिस भएमा स्थायी कमिटीमा छलफल भई केन्द्रीय कमिटीले अनमोदन गर्ने भएको हो।
माओवादीले समावेशी सहितको जुझारु नयाँ केन्द्रीय समिति बनाउन प्रदेश र जिल्ला कमिटीलाई नाम पठाउन निर्देशन दिएको छ। नयाँ थपिने १ सय १७ जना केन्द्रीय सदस्य जनजाति, मधेसी, दलित, मुस्लिम अल्पसंख्यकलगायत सबै समुदायको समेटिने गरी नाम पठाउन भनिएको छ।प्रदेश र जिल्लाले नयाँ केन्द्रीय सदस्यको नाम सिफारिस गरेपछि केन्द्रले केन्द्रीय सदस्यको नाम टुंगो लगाउने भएको हो। ‘अब बनाउने केन्द्रीय समितिमा ४० वर्ष पेरिफेरीका युवा नेताहरुलाई ल्याउने भनिएको छ। त्यहाँ सबै समुदायिको समेत प्रतिनिधित्व हुनेगरी भनिएको छ,’ स्थायी कमिटी सदस्य यादवले भने, ‘सबै प्रदेश र जिल्लाबाट नाम प्राप्त भएपछि केन्द्रीय समितिले पूर्णता पाउनेछ।’यसअघि गत चैतमा बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय समिति २ सय सदस्यीय नै हुने बताएका थिए । कार्यदल सदस्य यादवले भने छुटेकाहरुलाई पनि स्थान दिन र पार्टीलाई जुझारु बनाउन आवश्यक भएकाले २ सय ९९ सदस्यीय बनाउन त्यसै अनुसार सुझावहरु समेटिएको बताए ।