आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

आज सातौं अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

सोमबार, असार ७ २०७८

काठमाडौ(जस)-आज जुन २१ तारिख अर्थात् सातौं अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ। संयुक्त राष्ट्र संघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन सुरु गरेको हो।अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्र संघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका थिए । प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाले समर्थन गरेका थिए । यो प्रस्तावलाई हाल विश्वका धेरै देशले समर्थन गरिसकेका छन्। संस्कृत भाषाको योग शब्दको अर्थ जोड्नु भन्ने हुन्छ।योगश्चित्तवृत्तिनिरोधः’ अर्थात् मनमा आउने विभिन्न विकारलाई हटाउने प्रक्रियालाई नै योग भनिन्छ।
योग दिवसका अवसरमा विभिन्न संघसंस्थाले विविध कार्यक्रम आयोजना गर्ने भएका छन्। यस वर्ष कोरोना भाइरसको संक्रमण फैलिएकाले सार्वजनिक कार्यक्रमभन्दा पनि प्रविधिलाई उपयोग गरी जुम प्रविधिका माध्यमबाट कार्यक्रम गरिने जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार