काठमाडौं । उद्यमशील महिला समूहले काठमाडौको मूलपानी बाबाचोकमा रहेको जनजाति कल्याण आश्रम नेपाललाई राहत तथा स्वास्थ्य सामग्री वितरण गरेको छ । आश्रममा बसेर ४० जना बालबालिका पढ्दै आएका छन् ।
समूहका प्रमुख संरक्षक राजु सुनारका अनुसार शनीबार उक्त आश्रममा पुगी चामल, दाल, चिउरा, तेल, नुनलगायतका राहतका साथै स्वास्थ्य सामग्री वितरण गरिएको हो । गोकर्णेश्वर नगरपालिका ४ मा कार्यालय रहेको समूहले ४ वर्षदेखि सामाजिक काममा सक्रियता देखाउँदै आएको छ । समूहकी अध्यक्ष प्रमिला शेर्पा को सभापतित्वमा, विश्व हिन्दु महासंघ नेपाल काठमाडौं जिल्ला अध्यक्ष, गोकर्णेश्वर महिला महासंघको अध्यक्ष, गोकर्णेश्वर नगरपालिकाकी धार्मिक तथा आध्यात्मिक सद्भावना दूतसमेत रहेकी शिक्षासेवी रेखा अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
समूहले यो अभियानमा सहयोग गर्नेहरुप्रति हार्दिक आभार व्यक्त गरेको छ ।कार्यक्रमको सञ्चालन गरेका सुनारले समूहले महिलाको हकहितमा मात्र नभएर समाजका प्रत्येक विषयवस्तुमा चासो राखेर समस्याको समाधान गर्न पहल गर्दै आएको जनाएका छन् ।