सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

स्वतन्त्र पत्रकार संघले दियो महासँघलाई १५ हजार सहयोग

शनिबार, असार ५ २०७८

नेपालगन्ज । स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाले नेपाल पत्रकार महासँघ बाँकेलाई १५ हजार सहयोग गरेको छ।
महासँघले खरिद गर्न लागेको एम्बुलेन्सका लागि संघले सो रकम सहयोग गरेको हो ।
शनीबार नेपाल पत्रकार महासँघ बाँके शाखा कार्यालयमा स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाका अध्यक्ष नमस्कार शाह र राष्ट्रिय पार्षद निरज गौतमले महासँघका अध्यक्ष दामोदर भण्डारीलाई नगद १५ हजार रकम हस्तान्तरण गरेका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा महासँघका सचिब कमल डाँगी, स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाका सचिब बिरेन्द्र जैसी, कोषाध्यक्ष मुना बिष्ट, सदस्यहरु हेमराज भट्ट, खेम बिष्ट, तपेन्द्र बहादुर मलाती लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार