आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

पत्रकार महासंघ काठमाडौं शाखालाई मास्क लगायत स्वास्थ्य सामाग्री हस्तान्तरण

शनिबार, असार ५ २०७८

काठमाडौ(जस)-जनसवाल राष्ट्रिय दैनिकले नेपाल पत्रकार महासंघ काठमाडौं शाखालाई सर्जिकल मास्क र  के एफ 94 मास्क वितरण गरेको छ । शुक्रबार दैनिकको कार्यालयमा सम्पादक रामजी बगालेले पत्रकार महासंघ काठमाडौ शाखाका अध्यक्ष सुर्य सुबेदी र सचिब महेश गौतमलाई संयुक्तरुपमा उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन । उपलब्ध स्वास्थ्य सामाग्री आबश्यकताको आधारमा शाखा अन्तर्गतका पत्रकारहरुलाई प्रदान गरिने काठमाडौ शाखाका अध्यक्ष सुर्य सुबेदीले बताए  ।स्वास्थ्य सामाग्री उपलब्ध गराउने जनसवाल दैनिकका सम्पादक बगालेलाई   महासंघ काठमाडौं शाखाले धन्यबाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार