पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्बको बजेट ल्याएको छ ।
चालु आवको बजेट ३४ अर्ब ८० करोड रहेकोमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ५ अर्ब कमको बजेट ल्याएको हो । मुख्यमन्त्री पोखरेलले मंगलबार प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा चालुतर्फ १३ अर्ब ६ करोड ४७ लाख रुपैयाँ विनियोजन भएको छ भने पुँजीगतर्फ १६ अर्ब ७३ करोड ४६ लाख रहेको छ ।
बजेटको स्रोततर्फ राजश्व बाँडफाँटबाट प्राप्त हुने ७ अर्ब ६२ करोड ७० लाख, रोयल्टीबापत ३० करोड र आन्तरिक राजश्वबाट प्राप्त हुने ४ अर्ब ९८ करोड २७ लाख अनुमान गरिएको छ ।
त्यस्तै संघमार्फत वित्तीय समानीकरण अनुदान ७ अर्ब रुपैयाँ ४२ करोड २८ लाख, स-शर्त अनुदान ४ अर्ब १८ करोड ४३ लाख, समपूरक अनुदान ८७ करोड ३६ लाख र विशेष अनुदान ५४ करोड ९० लाख रहेको छ ।
बजेटको पूर्णपाठ