काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्बय परिषद (एनसीसी) कतारले २०२१–२०२३कार्यकालको पञ्जीकृत सदस्यहरुको नामावली प्रकाशन गरेको छ ।
१०,०२५ जनाले आबेदन दिएको मध्ये कतिपयको प्राबीधिक कारणले छुट हुन गएकाहरुले पुनः आबेदन दिई जुन १३ सम्म १०,०३५ जना आबेदकहरुलाई राष्ट्रिय समन्बय परिषद (एनसीसी)को बिधान बमोजिम सदस्यता प्रदान गरि अन्तीम नामावली प्रकाशन गरिएको छ ।
उक्त नामावली आगामी निर्बाचनको लागी निर्बाचन समितिलाई हस्तान्तरण गरिसकेको एनसीसी कतारका अध्यक्ष र महासचिबद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ । अन्तीम नामावलीमा नाम समाबेस भएका सदस्यहरुले आशन्न एनसीसीको निर्बाचनमा मतदान गर्न पाउनेछन ।

नामावली हेर्न उल्लेखीत लिंकमा जानुहोसः
https://nrnaqatar.org/wp-content/uploads/2021/06/Approved-Qatar-Final-List-2021-2023.pdf?fbclid=IwAR1FozhauyLzo5M5HDHs7t-RRXH36AlQHQo-75LMlHZuqVC9x-A1-WjiVrc