आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

पर्वत समाज कतारद्धारा पवित्र समाज काठमाडौलाई नगद १० हजार एक सय रुपैया सहयोग

मंगलबार, असार १ २०७८

काठमाडौ(जस)-पर्वत समाज कतारले पवित्र समाज नेपाल काठमाडौ लाई नगद १० हजार एक सय रुपैया सहयोग गरेको छ । पर्वत समाज कतारको पाचौं अधिवेशन बाट निर्वाचित कार्यसमितिको पहिलो बैठकको निर्णय अनुसार सोमबार रकम हस्तान्तरण गरिएको पर्बत समाज कतारका प्रथम उपाध्यक्ष सन्तोस क्षत्रीले जानकारी दिएका छन। पर्वत समाज कतारका निवर्तमान अध्यक्ष सविन्द्र श्रेष्ठ र गण्डकी प्रदेश समन्वय परिषद कतारका वरिष्ठ उपाध्यक्ष सागर पौडेलको उपस्थितिमा पवित्र समाज नेपालका अध्यक्ष दिक्षा चापागाईंलाई उक्त रकम हस्तान्तरण गरिएको हो । पवित्र समाज नेपालमा हाल ६२ जना भन्दा बढीले आश्रय लिई रहेको समाजकी अध्यक्ष चापागाईंले बताइन ।‘निस्वार्थ सेवामा हाम्रो पर्वत राम्रो पर्वत’ भन्ने मुल नारा सहित सन् २००३ मा स्थापना भएको पबर्त समाज कतारले बिभिन्न सामाजिक सेवामुलक कार्य गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार