आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

नेपाल प्रहरीको डिएसपी भन्दै ठगी गर्ने एकजना काठमाडौंमा पक्राउ

सोमबार, जेष्ठ ३१ २०७८

काठमाडौ(जस)-नेपाल प्रहरीको प्राबिधिक सेवा चिकित्सा तर्फको डाक्टर नायव उपरीक्षक (डिएसपी) हुँ भन्दै भ्रम सिर्जना गरेको अभियोगमा तारकेश्वरस्थित भिक्टोरिया फार्मेसीका संचालक कृष्ण प्रसाद ढुङ्गानालाई प्रहरीले पक्राउ गरेको छ । उनले नेपाल प्रहरीका डिएसपीको पोशाक लगाएको फोटो फेसबुकमा राखी प्रहरीको डिएसपी हु भन्दै भ्रम सिर्जाना गर्दै हिडेको जानकारी पछि महानगरीय अपराध महाशाख मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
आफुलाई नेपाल प्रहरीको मेडिकल डाइरेक्टर हुँ भन्दै मेडिकल फर्म संचालन गर्दै आएको र नेपाल प्रहरीका कर्मचारीलाई सशस्त्र डिएसपी र सशस्त्र प्रहरी बलका कर्मचारीलाई नेपाल प्रहरीको डिएसपी हुँ भन्ने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । उनको साथबाट ३ थान नेपाल प्रहरीको विभिन्न पदहरूको यूनिफम लगाएका फोटा, १ थान प्रहरी नायव उपरीक्षकको यूनिफम, १ थान नेपाल प्रहरीको जर्सि र १ थान मोबाइल प्रहरीले बरामद गरेको छ ।यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार