आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

उपेन्द्र यादवले ओली सरकारमा सामेल ९ मन्त्रीलाई सोधे स्पष्टीकरण, दिए ७ दिनको अल्टिमेटम

सोमबार, जेष्ठ ३१ २०७८

काठमाडौ(जस)-जनता समाजवादी पार्टी (जसपा)का एक अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको सरकारमा सामेल भएका अर्का अध्यक्ष महन्थ ठाकुरपक्षीय ९ मन्त्रीलाई ७ दिने स्पष्टीकरण सोधेका छन् । गत जेठ ८ गते बसेको कार्यकारिणी समितिले गरेको निर्णयविपरीत सरकारमा सामेल भएपछि स्पष्टीकरण सोधिएको नेता रामसहाय प्रसाद यादवले जानकारी दिए । ‘८ गते बसेको कार्यकारिणी बैठकले गरेको निर्णयविपरीत उहाँहरु सरकारमा जानुभयो,’ नेता यादवले भने— ‘त्यसपछि कारबाही किन नगर्ने भन्ने व्यहोराको स्पष्टीकरण सोधिएको हो ।’अध्यक्ष यादवले राजकिशोर यादव, अनिलकुमार झा, शरदसिंह भण्डारी, चन्दा चौधरी, उमाशंकर अरगरिया, एकबाल मियाँ, विमल श्रीवास्तव र राज्यमन्त्री बनेका चन्द्रकान्त चौधरी र रेणुका गुरूङलाई पार्टी स्पष्टीकरण सोधका हुन् । ‘उहाँहरुलाई सोधिएको स्पष्टीकरण छ । लाग्छ उहाँहरुले स्पष्टीकरण दिनुहुन्छ होला । यदि दिनुभएन भने पार्टीले कारबाही गर्छ । यो स्पष्टीकरण व्यक्तिले होइन, पार्टीले सोधेको हो,’ नेता यादवले भनेका छन् ।
यसअघि अध्यक्ष यादवले अर्का अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाट निष्कासन गरेका थिए भने लगत्तै अध्यक्ष ठाकुरले पनि यादवलाई पार्टीबाट निकालेका थिए । त्यसपछि दुवै पक्षले निर्णय अद्यावधिक गरिदिन निर्वाचन आयोगलाई पत्राचार गरेका थिए । उनीहरुको निर्णय अमान्य भएको आयोगले फैसला सुनाइसकेको छ ।
प्रधानमन्त्री ओलीलाई साथ दिने कि नदिने भन्ने विषयमा नै राजनीतिक रुपमा दुई फ्याक भएका जसपाले पछिल्लो समय आपसमा कारबाही गर्दै आइरहेको छ । यादवपक्षीय जसपाको अडान ओलीलाई विस्थापित गर्नुपर्ने थियो भने ठाकुर पक्षले आफ्नो माग पूरा गरे ओलीलाई नै साथ दिने बताउँदै आएको थियो । सोअनुरुप नै ठाकुरपक्षीय जसपा सरकारमा सामेल भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार