आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

किसानका समस्याप्रति गम्भीर बन्न खाद्य बैंकको सरकार समक्ष अपिल

सोमबार, जेष्ठ ३१ २०७८

काठमाडौ(जस)- कोरोना महामारीले ब्याप्त किसानका समस्याप्रति गम्भीर बन्न राष्ट्रिय खाद्य बैंकले सरकार र सबै सरोकारवाला निकाय समक्ष माग गरेको छ ।राष्ट्रिय खाद्य बैंकका कार्यकारी निर्देशक शंकरनाथ उप्रेतीले सोमबार एक बिज्ञप्ति जारी गर्दै कोरोना महामारीका कारण कृषीजन्य बस्तु उत्पादन गर्ने किसानमा देखीएका समस्याहरुको समाधानमा ध्यान दिन आग्रह गरेका हुन ।कृषी उत्पादनमा सरिक किसानहरुको संरक्षण बिना खाद्य संरक्षण हुन नसक्ने बताउदै कृषी कर्ममा खटीएका किसानहरुलाइ कोरोना भ्याक्सीन लगाउन माग समेत गरेको छ । ,‘कृषी उत्पादनमा सरिक किसानहरुको स्रक्षण बिना खाद्य संरक्षण नहुने हुदा आफ्नो श्रम र पसिनाले समाजलाई पाल्ने किसानहरुलाई कोभीड १९ बिरुद्धको खोप लगाउनु आबश्यक छ । अत्याधिक बर्षा हुदा पनि मार खेप्नुपर्ने खडेरीले सुख्खा हुदा पनि मार खेप्नुपर्ने किसानहरुलाई बिउ तथा मलको सहज आपुर्ती नहुदा,बजार ढुवानी सेवा नपाउदा चपेटामा पर्दै आएका छन,यी समस्यालाई गम्भीरतापुर्बक लिई ठोस कदम चाल्न सम्पुर्ण सरोकार वाला निकायहरुलाई अपिल गर्दछौ ।’बिज्ञप्तिमा भनिएको छ ।खाद्यान्न अति आबश्यक बस्तु भएकाले राष्ट्रब्यापी निषेधाज्ञाको समयमा यसको बिक्री बितरणमा सबैले ध्यान दिए जस्तै वर्षायाम सुरु भएसंगै यसको उत्पादनको क्षेत्रलाई ध्यान नदिएको खाद्य बैंकले बिज्ञप्तिमार्फत गुनासो गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार