आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

१२ वर्ष इजरायलको प्रधानमन्त्री रहेका नेता बेन्जामिन पदमुक्त, नाफ्ताली बेनेट संसदबाट प्रधानमन्त्री घोषित

सोमबार, जेष्ठ ३१ २०७८

एजेन्सी-१२ वर्ष इजरायलको प्रधानमन्त्री रहेका नेता बेन्जामिन नेतान्याहु पदमुक्त भएका छन् । दक्षिणपन्थी नेता नाफ्ताली बेनेट संसदबाट प्रधानमन्त्री घोषित भएर सरकारको नेतृत्व गर्दै सपथ लिएका छन् ।अत्यन्तै साँघुरो ६०/५९ बहुमतका आधारमा गठबन्धनको नेतृत्व गर्दै बेनेट संसद्‌बाट प्रधानमन्त्री चुनिएका हुन्। गठवन्धको सत्ता सम्झौता अनुसार उनी सन् २०२३ सेप्टेम्बर महिनासम्म प्रधानमन्त्री रहने छन्।

आलोपालो कार्यकाल सकिएपछि उनले येश अटिड पार्टीका नेता याएर लापिडलाई अर्को दुई वर्षका लागि प्रधानमन्त्री पद हस्तान्तरण गर्नेछन्। इजरायलको राजनीतिमा लामो समय प्रधानमन्त्री बनेका नेतान्याहु एक दशकभन्दा बढी लामो समय सत्तामा रहे ।नेतान्याहु अब दक्षिणपन्थी लिकुड पार्टीको प्रमुख तथा विपक्षी दलको नेता रहने छन्। संसद्‌मा भएको छलफलमा बोल्दै नेतान्याहुले भने, ‘हामी फेरि फर्किने छौं ।’

मतदानपछि संसदमा नेतान्याहुले बेनेटसँग हात मिलाएका थिए । तर प्यालेस्टिनीहरूका प्रतिनिधिले इजरायलको नयाँ सरकारलाई खासै चासो नदिने प्रतिक्रिया जनाएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार