काठमाडौं, ३१ जेठ । युरोकप फुटबल प्रतियोगिता अन्तर्गत नेदरल्याण्डले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा नेदरल्याण्डले युक्रेनलाई प्रतिष्पर्धात्मक खेलमा ३-२ गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा दोस्रो हाफमा ५ गोल भएका थिए ।
खेलको ५२औ र ५८औ मिनेटमा नेदरल्याण्डले गोल गर्दै २-० को अग्रता हासिल गरेपनि खेलको ७५औ र ७९औ मिनेटमा गोल गर्दै युक्रेनले शानदार कमब्याक गर्दै खेल २-२ को बराबरी गरेको थियो ।
त्यसपछि खेलको ८५औ मिनेटमा नेदरल्याण्डले गोल गर्दै खेल ३-२ ले जितेको थियो ।
नेदरल्याण्डका लागि जर्जिनो विजनाल्डम, वोउट वेगहोर्स्ट र डेनजेल डामफ्राइजले एक एक गोल गरेका थिए भने युक्रेनका लागि एन्ड्री यार्मोलेनको र रोमन यारेमचुकले एक एक गोल गरेका थिए ।
योसँगै समुह सी मा रहेको नेदरल्याण्डले ३ अंक हासिल गरेको छ ।