आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता लम्वियो, इलेक्ट्रिक र हार्डवेयर पसल खुल्ने

आइतबार, जेष्ठ ३० २०७८

काठमाडौ(जस)-कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा वैशाख १६ गते देखी जारी निषेधाज्ञाको अवधि फेरि एक साता थप गरिएको छ ।कोरोनाको महामारी अझै उल्लेख्य नघटेको भन्दै उपत्यकाका तीन जिल्लाका सीडीओले निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन । भक्तपुरका सीडीओ प्रेमप्रसाद भट्टराईले भने, ‘संक्रमण दर ३० प्रतिशत तल नघटेकाले निषेधाज्ञा थप्ने निर्णय भएको हो।’भाइरस संक्रमण उल्लेखनिय नघटेको निष्कर्ष निकाल्दै बैठकले कृषि र निर्माण क्षेत्रमा केही खुकुलो हुने गरि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । थप गरिएको निषेधाज्ञा असार ७ गते मध्यरातसम्म रहेनछ ।बैठकले खाद्य तथा किराना पसल बिहान ११ बजेसम्म खोल्न दिने निर्णय गरेको छ । होटल तथा रेष्टुरेन्टहरुले टेक-अवे सेवा दिन पाउनेछन् भने होम डेलिभरी सेवा पनि पाइनेछ ।इलेक्ट्रिक र हार्डवेयर पसल बेलुका ४ बजेपछि खुल्न पाउने भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार