आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

चेकआउट मेमो लिएर रोकिएका नेपाली मलेसियाबाट सहजै नेपाल फर्कन पाउने, कतारमा असार एकबाट मागपत्र प्रमाणीकरण, ओमानमा दूतावासको घुम्ती सेवा

आइतबार, जेष्ठ ३० २०७८

काठमाडौं(जस)–मलेसियामा लकडाउनको समय दुई हप्ता थप भएको छ । मलेसियाले यसअघि जारी गरेको लकडाउनको समय जुन १५ देखि सकिदैछ । यसै सन्दर्भमा मलेसियामा पछिल्ला दिनमा दैनिक पाँच हजारभन्दा धेरै संक्रमित थपिने गरेको भन्दै मलेसिया सरकारले लकडाउनको अवधि दुई हप्ता थपेर आगामी जुन २८ सम्म लम्ब्याउने निर्णय गरेको हो । मलेसियाका सिनियर मन्त्री दातुक सेरी स्मैल साबरी याकोबले शुक्रबार कोरोना सङ्क्रमण दर नघटेको भन्दै अहिले कायम रहेको लकडाउन थप दुई हप्ता लम्ब्याउने घोषणा गरेका हुन् ।
अहिले मलेसियामा दैनिक पाँच हजारभन्दा धेरै संक्रमित थपिइरहेका छन् । बिहीबार मात्रै ६ हजार ८७१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । लकडाउनको समयमा अत्यावश्यक बाहेक आर्थिक र सामाजिक गतिविधिमा मलेसियाले प्रतिबन्ध लगाएको छ ।
मलेसियाले लकडाउनको अवधि थप गरेसँगै मलेसियाबाट नेपाल फर्किने तयारीमा रहेका नेपालीहरु भने समस्यामा परेका छन् । मलेसियामा स्वदेश फर्किने तयारीमा रहेका एक नेपाली कामदारले नेपाल आउन चेक आउट मेमो लिइसकेको अवस्थामा थप भएको लकडाउनका कारण आफुहरु समस्यामा परेको जानकारी दिए । उनले आफुलगायत साथीहरुसँग खानेबस्ने रकमको अभावसमेत रहेको बताए । यस्तो समस्यालाई लिएर मलेसियास्थित नेपालीको हकहितमा काम गर्दै आएका विभिन्न संघसंस्थाले मलेसियास्थित नेपाली दूतावाससमक्ष समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन आग्रह गरिरहेका छन् ।
यता मलेसियास्थित नेपाली दूतावासले मलेसियाबाट स्वदेश फर्कन चेक आउट मेमो लिइसकेका तर उडान बन्द हुँदा रोकिएकाहरू उडान खुलेपछि सजिलै स्वदेश फर्कन सक्ने बताएको छ । मलेसियामा रहेको नेपाली दूतावासले फेसबुक लाइभमार्फत चेक आउट मेमो लिइसकेर पनि उडान बन्द हुँदा स्वदेश फर्कन नपाएकाहरू उडान खुलेपछि सजिलै जान सक्ने बताएको छ ।
कोरोना संक्रमण रोकथामका लागि सरकारले उडान बन्द गर्दा घर फर्कन चेक आउट मेमो लिएर पनि फर्कन नपाएको अवस्था छ । चेक आउट मेमोको मिति सकिए पनि उडान बन्द भएको कारण रोकिएकाहरू उडान खुलेपछि पुरानै चेक आउट मेमोमार्फत नै स्वदेश फर्कन सकिने दूतावासले जनाएको छ ।
यस्तै दूतावासका अनुसार, भिसा सकिएका श्रमिकले कम्पनीसँग अनुरोध गरेर स्पेसल पास पनि बनाउन सक्नेछन् । भिसा सकिएको छ तर घर फर्किने चेक आउट मेमो लिएको छैन भने पनि कम्पनीसँग अनुरोध गरी पास लिन सकिन्छ । सरकारले चीन, कतार र टर्कीका लागि सातामा एक दिन नियमित उडान खोल्ने निर्णय गरेपनि मलेसिया र नेपालबीच उडान शुरु गरिएको छैन । जसका कारण भिसा अवधि पूरा गरेर स्वदेश फर्किन तयार रहेका हजारौँ नेपाली उडान नहुँदा अलपत्र परेका छन् ।
कतारमा असार एक गतेबाट मागपत्र प्रमाणीकरण
कतारस्थित नेपाली दूतावासले आगामी असार एक गतेबाट मागपत्र प्रमाणीकरण गर्ने भएको छ । दूतावासले शुक्रबार एक सूचना जारी गर्दै आगामी असार एक गतेदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म मागपत्र प्रमाणीकरण गर्ने जनाएको हो । दूतावासले सार्वजनिक बिदा बाहेक शुक्रबारदेखि बिहीबार खुला रहने बताएको छ ।
सरकारले अनुमति दिएपछि काठमाडौं र दोहाबीच जुन ७ देखि नेपाल एयरलाइन्स र कतार एअरवेजलाई साताको एक÷एक उडान शुरु भएको छ । उक्त अनुमतिपछि वैदेशिक रोजगार कार्यालय काठमाडौं ताहाचलले आइतबार र बुधबार गरी हप्तामा दुई दिन श्रम स्वीकृति दिन शुरु गरेको छ । त्यसपछि अभिमुखीकरण तालिम दिने संस्थाहरु पनि सक्रिय भएका छन् ।
ओमानमा दूतावासको घुम्ती सेवा
ओमानमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली श्रमिकको सहजताको लागि घुम्ती सेवा दिने भएको छ । आउँदो जुन १५ अर्थात् असार ११ गते ओमानको दोफार प्रशासनिक क्षेत्रमा बिहान ११ देखि बेलुकी पाँच बजेसम्म घुम्ती सेवा दिन लागिएको ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ । कोरोना महामारीका कारण अप्ठ्यारो परिस्थिति सिर्जना हुँदा भिसा, राहदानी नवीकरण लगायतका सेवा लिन नपाएका श्रमिकलाई उनीहरुकै क्षेत्रमा गएर सेवा प्रवाह गरिन लागिएको हो ।
बारेसानामा लगायत अत्यावश्यक कन्सुलर सेवा पनि प्रदान गरिने दूतावासले जनाएको छ । यी सेवाहरु लिनको लागि आवश्यक कागजात तथा दस्तुर सम्बन्धी विवरणबारे दूतावासको वेबसाइट जततउकःररयm।लभउबझिदबककथ।नयख।लउ मा गएर बुझ्न सकिने दूतावासले जनाएको छ । दूतावासका अनुसार दोफार प्रशासनिक क्षेत्रको सलालामा घुम्ती सेवा प्रदान गरिने भए पनि उपयुक्त स्थान पछि तोकिने छ । घुम्ती सेवाका लागि ९२०७५०७१ वा दूतावासको हटलाइन नम्बर ७१५९२४९० मा फोन गरेर पनि बुझ्न सकिनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार