आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

माफी नरोत्तम बैद्यले होईन संबिधान र प्रणाली ध्वस्त गर्न उद्धत शासकले माग्नुपर्छः मेटमणी चौधरी

शनिबार, जेष्ठ २९ २०७८

काठमाडौ(जस)-बाग्मती प्रदेश सभाका सांसद नरोत्तम बैद्यको अभिब्यक्तीप्रति सर्बत्र आलोचना भईरहेका बेला नेकपा(एमाले)माधब पक्षीय नेतातथा दाङ क्षेत्र नं १ बाट निर्बाचित बिघटित प्रतिनिधि सभाका सांसद मेटमणी चौधरीले बैद्यको उक्त अभिब्यक्तीको सर्मथन गरेका छन । उनले सामाजीक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै बैद्यको अभिब्यक्तीप्रति सर्मथन जनाएका हुन ।उनले बैद्यलाई सत्य बोलेकोमा धन्यबाद दिदै माफी बैद्यले होईन संबिधान र प्रणाली ध्वस्त गर्न उद्धत रहेकाहरुले माग्नुपर्ने बताएका छन। चौधरीले लेखेका छन,‘नेपाली मनोबिज्ञानलाई बाग्मती प्रदेशको रोष्ट्रमबाट बोलिएको बिषयलाई धैरैले आलोचना गरे पनि तितो सत्य उजागर गरेकोमा धन्यबाद ब्यक्त गर्दछु ।उहाले न माफी माग्नुपर्छ नत पश्चाताप गर्नुपर्छ बरु शासक भनीनेहरुले प्रणाली ध्वस्त बनाउन र संबिधान मिचेकोमा पश्चाताप गर्दै अदालतले ठिक ठहर गरेको बिषयमा जनता समक्ष माफी मागी आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिबद्धता गरौ ।’नरोत्तम बैद्यले शुक्रबार बाग्मती प्रदेश सभाको बैठकमा महात्मा गान्धीलाई नाथुराम गोड्सेले हत्या गरेजस्तै बर्तमान प्रधानमन्त्री संबिधान र प्रणाली ध्वस्त बनाउन लागेको भन्दै आफु नाथुराम गोड्से बन्न तयार रहेको बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार