काठमाडौ(जस)-विवेकशील साझा पाटीले चिकित्सा ऐनलाई बेबास्ता गर्दै निजी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रयासप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । पाटी का प्रबक्ता शरद राज पाठकले शुक्रबार एक बिज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा आयोग माथि ठाडो हस्तक्षेप गरी प्रधानमन्त्री केपी शर्मा ओलीले आयोगका पदाधिकारीहरुलाई अबैध कार्य गर्न निरन्तर दबाब दिदा आयोग नै धराशायी हुने अबस्थाले पाटीलाई स्तब्ध बनाएको बताएका छन । ‘निहित स्वार्थका लागि आयोगका आलङ्कारिक अध्यक्षले विज्ञ पदाधिकारीहरूलाई पेलेर कुनै अवैध निर्णय नगराउन् भनी खबरदारी समेत गर्दछौ।,’ जारी बिज्ञप्तिमा भनिएको छ, ‘नेपालको मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा व्याप्त विकृतिहरू विरुद्ध विवेकशील साझा पार्टी स्थापनाकाल देखिनै लड्दै आएको छ। निःशुल्क र गुणस्तरीय शिक्षा तथा स्वास्थ्य राज्यको दायित्व हुनुपर्छ भन्ने हाम्रो पार्टीको प्रमुख एजेन्डा हो।’विवेकशिल साझाले व्यक्ति विशेषका लागि मुलुकको कानुन कुल्चँदै र नियामक निकायहरूलाई धराशायी बनाउँदै जाने शृङ्खलाले निरन्तरता पाउन नहुने बताएको छ ।