सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न

शुक्रबार, जेष्ठ २८ २०७८

काठमाडौ(जस)-सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले १९ औं वार्षिक साधारण सभा शुक्रबार भच्र्युअल माध्यमवाट सम्पन्न गरेको छ ।सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतन लाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गरेका थिए। इन्स्योरेन्सले गत आर्थीक वर्ष २०७६/७७ मा विभिन्न बीमा व्यवसाय अन्तर्गत रु. १ अर्व ९६ करोड ३९ लाख बीमा शुल्क आर्जन गरेकोे बताएको छ । गत आर्थीक वर्ष देखि हालसम्म २ अर्व १ करोड भन्दा वढी बीमा शुल्क रकम आर्जन गरि सकेको अध्यक्ष केडियाले जानकारी गराए ।उक्त वीमा शुल्क संकलन गत आर्थीक वर्षको तुलनामा १६.०७ वढी रहेको अध्यक्ष केडियाले बताए । साधारण सभाले हाल कायम रहेको चुक्ता पुँजी १ अर्वको १२ प्रतिशत वोनस शेयर जारी गर्ने तथा ३.७८९४ प्रतिशत नगद लाभांस प्रदान गर्ने प्रस्ताव पारीत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार