आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

म्यान्मारको मन्डाले क्षेत्रमा सैनिक विमान दुर्घटना,१२ जनाको मृत्यु

बिहिबार, जेष्ठ २७ २०७८

एजेन्सी-म्यान्मारको मन्डाले क्षेत्रमा सैनिक विमान दुर्घटना भएको छ । प्रतिकूल मौसमका कारण बिहीबार बिहान एउटा सैनिक दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन् ।
सेनाका प्रवक्ता मेजर जनरल ज मिन टुनले विमानमा सवार रहेका सबै जनाको मृत्यु भएको हुन सक्ने बताए । खोज उद्वारको काम जारी रहेको उहाँको भनाइ छ । तर मन्डालेस्थित अग्नि नियन्त्रक विभागले सामाजिक सञ्जालमा पोष्ट गरेको तस्वीरमा विमानमा सवार सबै १२ जनाको मृत्यु भएको जनाइएको छ ।
राजधानी नापिटअबाट पिइन ऊ एल्वीनतर्फ उडिरहेको उक्त विमान स्थानीय समय अनुसार बिहान करिब ८ बजे दुर्घटनाग्रस्त भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार