गोरखा(जस)-नेपाली काङग्रेसका नेता तथा पर्यटन व्यवसायी प्रेम कुमार खत्रीले गोरखाका स्थानीय तहलाई एम्बुलेन्स र स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन। उनले गोरखाका पाच वटा स्थानीय तहलाई ६ वटा एम्बुलेन्स सहित ६ थान अक्सिजन सिलिण्डर, ६ सय थान एन्टिजेन्ट किट, एक हजार दुई सय थान भिटिएम, ८ सय लिटर सेनिटाइजर, ५६ हजार सर्जिकल मास्क, एक सय थान अक्सिमिटर र पिपिईसेट लगायत स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन । बुधबार नेपाली काङग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेको उपस्थितिमा गोरखा नगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमका बिच उक्त एम्बुलेन्स सहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन । खत्रीले उपलब्ध गराएको स्वास्थ्य सामाग्री र एम्बुलेन्स नेपाली काङग्रेसका केन्द्रीय सदस्य पाण्डेले स्थानीय तहका प्रतिनिधिहरुलाई एम्बुलेन्सको साचो र स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए । कार्यक्रममा उपस्थित स्थानिय तहका जनप्रतिनिधिहरुले एम्बुलेन्स सहित स्वास्थ्य सामाग्री उपलब्ध गराउने खत्रीको सामाजिक कार्यको प्रशंसा गरेका थिए । गोरखा निवासी खत्रीले सम्भब नेपाल मार्फत गोरखा नगरपालिकाका लागी २ वटा एम्बुलेन्स,शहिद लखन गाउपालिकाकालागी १ ,भिमसेनथापा गाउपालिकालाई १, गण्डकी गाउपालिकालाई १ र धार्चे गाउपालिकालाई १ गरि ६ वटा एम्बुलेन्स उपलब्ध गराएका हुन।उनले यस अघि समेत गोरखाका अन्य स्थानिय तहमा करिब ४० लाख बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराएका थिए ।