काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघले असार १ गतेबाट आन्तरिक हवाई उडान खुलाउन माग गरेको छ।
सरकारले असारबाट निषेधाज्ञा खुकुलो बनाउने तयारी गरिरहँदा संघले सरकारसँग हवाई उडान खुलाउन माग गरेको हो।
कोरोनाको महामारीसँग जुधिरहेका धेरै देशमा समेत आन्तरिक उडान खुला राखिएको तर्फ संघले सरकारको ध्यानाकर्षण गराएको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाउँदै संघले असार १ गतेदेखि आन्तरिक उडान खुला गर्न माग गरेको हो।
