बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

कोभिड महामारीमा सदभाव युवा समाज कतारको सहयोग (विवरणसहित)

बुधबार, जेष्ठ २६ २०७८

काठमाडौं(जस)– सदभाव युवा समाज कतारले गर्यो कोभिड महामारीको समस्यामा नेपालमा सहयोग उपलब्ध गराएको छ ।

यस्तो छ सहयोगको विवरण

आपसी सहयोग, सामाजिक सदभाव र सेवामा समर्पित यस श्री सदभाव युवा समाज कतारले हाल हाम्रो मातृभूमि नेपाल COVID महामारीको चपेटामा परिरहेको अवस्थामा COVID संक्रमित बिरामीको उपचारार्थ तथा कोभिडका कारण समस्यामा परेका जोकोहिलाई सेवा, सहयोग पुर्याउने उद्धेश्यका साथ कतार एअरवेज ग्रुप अन्तर्गत कतार एभिएसनमा कार्यरत नेपाली दाजुभाईहरु द्वारा आर्थिक सहयोग संकलन अभियान संचालन गरी संकलित रकम QAR 9656/- मा यस संस्थाको कोषबाट QAR 1000/- थप गरी जम्मा भएको कुल रकम QAR 10656/- मध्यबाट तत्कालको मुख्य समस्याको रुपमा देखिएको अक्सिजन सिलिण्डर अभाव हुन नदिन तथा COVID संक्रमणमा परी प्राण बचाउको लडाइँ लडीरहेका बिरामीको जीवन रक्षार्थ अक्सिजन प्रदान गर्न सहज होस भन्ने हेतुले “नेपालमा अक्सिजन सिलिण्डर पठाऔं, आफन्तको ज्यान बचाऔं” भन्ने मुल नारा लिएर NRNA-NCC कतारको पहलमा गत जेष्ठ १ गते “गैर आवासीय संघ मध्यपुर्व” मार्फत ओमानबाट पठाईएको ५६० थान अक्सिजन सिलिण्डर मध्य १५ सिलिण्डर बराबरको रकम QAR 6375/- (ने.रु. २ लाख बराबर) NRNA-NCC कतारलाई प्रदान गरिएको र उक्त संकलित रकम मध्य बाँकी रहेको रकम हाल स्वदेशमा COVID संक्रमितको उपचारार्थ तथा COVID का कारण समस्यामा परेका जोकोहिको सेवा, सहयोगार्थ #निशुल्क सेवा, सहयोग पुर्याउदै आईरहेका सामाजिक अभियन्ता तथा संघ/संस्था हरुलाई सहयोग उपलब्ध गराउने योजना अनुरुप -: समाजसेवी ईशा गुरुङ ज्यू द्वारा संचालित उपत्यका लगायत उपत्यका आसपास तथा अन्य जिल्लाहरुमा निशुल्क सेवा, सहयोग पुर्याउदै आईरहेको संस्था ” हाम्रो टिम नेपाल” को प्रशंसनीय कार्यको सराहना गर्दै मानवीय सेवाको यस पवित्र कार्यमा हातेमालो जनाउदै “सदभाव युवा समाज कतार” र ” “कतार एअरवेजग्रुप अन्तर्गत कतार एभिएसनमा कार्यरत सहयोगी भावनाका नेपाली दाजुभाईहरु” को तर्फबाट कोभिडका कारण समस्यामा परेका जोकोहि लाई सहयोग उपलब्ध गराईदिनको लागी QAR 2141/- (ने.रु. ६७२९९/-) सहयोग रकम “हाम्रो टिम नेपाल” को खातामा पठाईएको र उपत्यका बाहिर चितवन, बुटवल लगायत आसपासका जिल्लाहरुमा हाल कोभिडको कारण समस्यमा परेका परिवार तथा समुदाय हरुलाई सेवा, सहयोग पुर्याउदै आईरहनुभएका सामाजिक अभियन्ता एवं समाजसेवी श्री अर्जुन भुसाल ज्यूको टिमलाई कोभिडका कारण समस्या झेलिरहनुभएका जोकोहीलाई सेवा, सहयोग उपलब्ध गराईदिनको लागी समाजसेवी श्री अर्जुन भुसाल ज्यूको खातामा QAR 2141/-(ने. रु. ६७२५०/-) आर्थिक सहयोग प्रदान गरिएको छ ! हाम्रो यस अभियानमा साथ सहयोग गर्नुहुने तपाईंहरु सम्पुर्ण सहयोगी दाताहरु सम्पुर्णमा फेरिपनि हृदयदेखिको सलाम छ ?? यस पवित्र कार्यमा तपाईंहरुले दिएको साथ, सहयोगको उच्च सम्मान गर्दछौं ! मातृभुमीमा जुनकुनै प्राकृतिक विपत्ति तथा महामारी जस्ता दैविक प्रकोपहरु लगायत प्रवासमा कुनै समस्या/दुःखमा परेका नेपाली हरुको सहयोगार्थ संचालन गरेका विभिन्न सामाजिक अभियान तथा समाजसेवाका पवित्र कार्यहरुमा तपाईंहरुको सहयोग निरन्तर रहीरहोस साथै संस्थालाई थप हौसला एवं उर्जा प्राप्त भईरहोस ??

प्रतिक्रिया
सम्बन्धित समाचार