आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

७ बिद्यार्थी संगठनको संयुक्त बिज्ञप्तिः महतोको अभिव्यक्तिले ओली सरकारको निरंकुश, स्वेच्छाचारी र विदेशमुखी प्रवृत्तिको उजागर गर्‍यो

आइतबार, जेष्ठ २३ २०७८

काठमाडौ(जस)-उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महतोको अभिव्यक्तिप्रति ७ विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पष्टीकरण माग गरेका छन्।उपप्रधानमन्त्री महतोको अभिव्यक्तिले उनको व्यक्तिगत धारणा मात्रै जनाउँदैन, ओली सरकारको निरंकुश, स्वेच्छाचारी र विदेशमुखी प्रवृत्तिको उजागर गर्दछ। प्रधानमन्त्री केपी ओलीसँग महतोको अभिव्यक्तिबारेमा स्पष्टीकरण माग गर्दछौं,’ भर्चुअल बैठकपछि आइतबार विद्यार्थी संगठनहरूले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ।मन्त्री भएलगत्तै शुक्रबार कार्यभार सम्हाल्दै महतोले बहुल राज्यको कुरा उठाएका थिए। मन्त्री महतोको भनाइलाई लिएर चौतर्फी आलोचना भएको थियो। गए राति मन्त्री महतोले प्रेस विज्ञप्ति निकालेर आफ्ना भनाइ बङ्ग्याएर र गलत अर्थ लाग्ने गरी प्रचारप्रसार भएकोमा ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार