शनिबार, जेष्ठ २२ २०७८
निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ५ सय ३३ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा
काठमाडौं / विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ५ सय ३३ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ६ सय १४ वटा गाडी र १ हजार ९ सय १९ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।
साथै नयाँ भेरियन्ट सहितको कोभिड(१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई रु’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ५ सय ४४ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ५२ हजार २ सय १९ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ ।
कोभिड(१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ६ सय ४ जनालाई कोभिड(१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ६० हजार ८ सय रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा ३ हजार ४ सय २९ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित ८५ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत ५ हजार ३ सय २७ जनालाई सचेत गराइएको छ ।
निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।
मापदण्डविपरीत ह्याशण्ड स्यानिटाइजर उत्पादन तथा विक्री गरेको अभियोगमा २ जना पक्राउ
ललितपुर / मापदण्डविपरीत ह्या ण्ड स्यानिटाइजर उत्पादन तथा विक्री गरेको अभियोगमा ुओम निरमाया हेल्थकेयर प्रालिु ग्वार्को महालक्ष्मी ललितपुरका २ जना संचालकलाई मापदण्डविपरीत उत्पादन गरेको २ सय ४० लिटर ह्यााण्ड स्यानिटाइजर सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा संचालकद्वय ललितपुर महालक्ष्मी नगरपालिका(४ बस्ने मोरङ विराटनगर उपमहानगरपालिका(१४ घर भएका ४४ वर्षीय अमित ताम्राकार र ललितपुर महानगरपालिका(५ महालक्ष्मीस्थान बस्ने ४३ वर्षीय निरेश थापा रहेका छन् ।
उक्त हेल्थ केयरबाट कमसल संजिवनी लिक्विड इन्स्ट्यान्ट ह्यापण्ड स्यानिटाइजर उत्पादन गरी विक्री भइरहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले दुवै जनालाई उक्त स्यानिटाइजर सहित पक्राउ गरेको हो ।
उनीहरूउपर कालोबजार तथा केही अन्य सामाजिक अपराध र सजाय ऐन, २०३२ अन्तर्गतको कसूरमा थप अनुसन्धान भइरहेको उक्त परिसरले जनाएको छ ।
मानव वेचबिखनमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ
पर्सा / मानव वेचबिखनमा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार पूर्वी चम्पारण ठेगाना भएका २७ वर्षीय अस्गर सैफी र उनकै श्रीमती तनहुँ दमौली नगरपालिका(५ ठेगाना भएकी २६ वर्षीया सकिना खातुन भन्ने सीता थापा क्षेत्री रहेका छन् ।
उनीहरूले गोरखा घर भएका २ जना महिलालाई बाँके नेपालगञ्जको मन्दिरमा कन्या पूजा गर्न १ घण्टाको लागि कन्याको रूपमा गएबापत जनही ५० हजार रुपैयाँ दिने भनी ललाई फकाई नेपालगञ्जसम्म लगि पैसा लिन वीरगंज जानुपर्छ भनी झुक्यानमा पारी वीरगंज महानगरपालिका(१६ स्थित ईनर्वा नाकासम्म पुर्यावई पैसा लिन पुनः भारतको बेतिया जानुपर्छ भनी मानव वेचबिखन गर्ने उद्देश्यले सीमा पार गराउन लाग्दा प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले पीडितहरूको उद्दार गरी उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूउपर मानव वेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गत कसूर गरेको अभियोगमा पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
मोटरसाइकल चोरीमा संलग्न ७ जना पक्राउ
मोरङ / सुन्दरहरैचा नगरपालिका(४ बलिया डेरा गरी बस्ने मदन कुमार चौधरीको प्र(१(०५(००१ प(००६१ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न ७ जनालाई चोरी भएको मोटरसाइकल सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सुनसरी ईटहरी उपमहानगरपालिका(१३ बस्ने २८ वर्षीय राजेश मेहता, सोही उपमहानगरपालिका(२० बस्ने ३८ वर्षीय कोप बलराम गुरूङ, सोही उपमहानगरपालिका(२ बस्ने ३९ वर्षीय भवेस भन्ने सुवास लिम्बु, सोही उपमहानगरपालिका(३ बस्ने ३० वर्षीय मचिन राई, सोही उपमहानगरपालिका(४ बस्ने २१ वर्षीय गोलमोल राई, १९ वर्षीय रोमन परियार र २१ वर्षीय राते भन्ने मनोज परियार रहेका छन् ।
जेठ १२ गते राति उक्त मोटरसाईकल चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले राजेश मेहताको घरबाट उक्त मोटरसाइकल फेला पारी मोटरसाईकल सहित पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न अन्य ६ जनालाई उनीहरूको घरबाटै पक्राउ गरेको हो ।
घटनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ
काठमाडौं / काठमाडौं महानगरपालिका(२२ पाको न्यूरोड बस्ने अजय श्रेष्ठको कोठामा जुवातास खेलिरहेको अवस्थामा कागेश्वरी मनोहरा नगरपालिका(८ बस्ने ४९ वर्षीय विनोद कार्की सहित १५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त जनसेवा र महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १३ लाख ४३ हजार रुपैयाँ, ३२ थान कौडा र ५ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । प्रहरीले नियन्त्रणमा लिने क्रममा भाग्न खोज्दा घाइते भएका १ जनाको शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
बैतडी / २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पञ्चेश्वर गाउँपालिका(६ सेलिबिजुला बस्ने १९ वर्षीय हरिश धामी र सोही ठाउँ बस्ने १९ वर्षीय बिक्रम धामीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले ती महिलालाई जेठ १६ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं / बाँके, नेपालगंज उपमहानगरपालिका(२ न्यूरोडबाट १२ ग्राम २ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र नगद ४१ हजार ५ सय रुपैयाँ सहित ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका(९ बस्ने ३५ वर्षीय राजेश खटिक, खजुरा गाउँपालिका(४ घर भएकी ३३ वर्षीया विभा शाही, २० वर्षीया गंगा खड्का र राजापुर नगरपालिका(४ बस्ने पुजा परियार रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
कञ्चनपुर, भिमदत्त नगरपालिका(१ भाँसीबाट करिब ५ ग्राम ५ मिलीग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेदकोट नगरपालिका(९ बस्ने २४ वर्षीय श्याम पाल र सोही ठाउँ बस्ने १९ वर्षीय सुरेन्द्र पाल रहेका छन् । म।१ प १७८१ नम्बरको मोटरसाइकललाई वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, राक्सीराङ गाउँपालिका(५ बोटबारीबाट करिब ९ केजी अवैध लागूऔषध गाँजा सहित ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाश गाउँपालिका(८ बस्ने ४७ वर्षीय हिरा बहादुर मोक्तान, २४ वर्षीय राम बहादुर मोक्तान र २४ वर्षीय ठाकुर सुनार रहेका छन् । प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा परी मृत्यु
धनुष / गणेशमानचारनाथ नगरपालिका(७ पर्ताहास्थित सडक छेउमा रोकी राखेको ना।४ त १६८२ नम्बरको ट्याक्टरमा रा।६ प २८३२ नम्बरको मोटरसाइकल ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक दाङ घर भएका २४ वर्षीय नरेन्द्र गिरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको फुलकुमारी मेमोरियल अस्पताल कर्जना सिरहामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार तनहुँ घर भएका २४ वर्षीय जिवन तामाङको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेका छन् भने ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
काठमाडौं / मोरङ, सुन्दरहरैँचा नगरपालिका(७ सीतापुरी बस्ने ३५ वर्षीय भरत लिम्बु आफ्नै घर नजिकै शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
अछाम, तुर्माखाद गाउँपालिका(२ लामागडास्थित कर्णाली नदीको किनारमा दैलेख आठबिस नगरपालिका(४ खोटेसल्ला बस्ने ३५ वर्षीय गोबिन्द जैसीको शव शुक्रबार फेला परेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
डुबेर मृत्यु
सिरहा / सखुवानान्कारकट्टी गाउँपालिका(५ कल्याणपुर बस्ने रामनारायण यादवकी छोरी १० वर्षीया रुबी कुमारी यादवको आफ्नै घर नजिकको पोखरीमा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ । पोखरीमा नुहाउने क्रममा डुबेर अशक्त भएकी उनको त्रिशक्ति हेल्थ केयर लहान हुँदै थप उपचारको लागि बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
रङ लगाउने मेशिन पड्किँदा १ जनाको मृत्यु
बाँके / नेपालगंज उपमहानगरपालिका(१ बृतास्थित निर्माणाधिन अवस्थामा रहेको किसान फिडमिलमा रङ लगाउने कम्प्रेसर मेशिन पड्किँदा बारा कलैया उपमहानगरपालिका(१९ बस्ने २५ वर्षीय साबिराज मियाको शनिबार बिहान घटनास्थलमै मृत्यु भएको छ । साथै घाइते भएका अन्य २ जनालाई उपचारको लागि नर्सिङ होम अस्पताल बाँकेतर्फ पठाइएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij