आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

डिश होमले ल्यायो २३३ रुपैयाँमा २५ एमबीपीएसको इन्टरनेट सेवा, के के छन् अन्य अफर ?

शनिबार, जेष्ठ २२ २०७८

काठमाडौं। डिश होम नेटवर्कले २३३ रुपैयाँमा २५ एमबीपीएस गतिको इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । वार्षिक ७ हजार २०० अर्थात मासिक ५ सय तिरेर डिशहोमको लाइफ स्टाइल प्याकेज लिएका ग्राहकले यो सेवा पाउने छन् ।

मासिक ६ सय तिरेर डिशहोमको लाइफ स्टाइल प्याकेज लिएका ग्राहकले थप २३३ रूपैयाँ थप्दा २५ एमबीपीएस गतिको एफटीटीएच सेवा प्राप्त गर्न सक्नेछन् ।

डिशहोमले प्रिमियम प्याकेजको मूल्य पनि महिनाको ७ सयबाट ६ सयमा झारेको छ । यसमा महिनाको २३३ रूपैयाँ थप तिर्दा २५ एमबीपीएसको इन्टरनेट पाउन सकिने छ ।

डिशहोमको यो इन्टरनेट सेवा डिशहोम फाइबर नेट पुगेको ठाउँमा मात्र पाउन सकिने छ । फाइबरनेटले ३ महिना, ६ महिना र १२ महिनाका प्याकेजहरुमा विशेष छुट दिँदै आएको छ ।

यो अफरअन्तर्गत डिशहोमको लाइफ स्टाइल प्रिमियम प्याकेज लिने ग्राहकले निःशुल्क १० एमबीपीएस गतिको इन्टरनेट चलाउन सक्ने छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार