आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

मन्त्रिपरिषद् हेरफेर हुँदै : जसपा सरकारमा सहभागी हुने, एमालेबाट पनि नयाँ मन्त्री

शुक्रबार, जेष्ठ २१ २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गर्ने हुनुभएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज साँझ नै नयाँ मन्त्रीको शपथ ग्रहण हुँदैछ ।

सरकारमा जनता समाजवादी पार्टी (जसपा) पनि सरकारमा सहभागी हुने भएको छ । जसपा नेता राजीव झाका अनुसार ८ मन्त्री र २ राज्यमन्त्रीले शपथ लिँदै हुनुहुन्छ । जसपा वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागी हुँदैछ ।

एमाले उच्च स्रोतका अनुसार एमालेबाट पनि केही मन्त्रीलाई बिदा गर्दै केही मन्त्रीहरु थप हुने भएका छन् ।

थापाले एमालेका मन्त्रीहरुको सूची फाइनल नभएको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार