काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपालसहितका १६ एसियाली मुलुकलाई कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको छ।
केहि दिन अघि राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना खोप सहजिकरणका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्राचार गरेकी थिइन्।
अमेरिकाले नेपाललाई उपलब्ध गराउने खोपको मात्रा कति हो भन्नेबारे विवरण प्राप्त भइसकेको छैन।
कोरोना खोप उपलब्ध गराउने अमेरिकी घोषणाको स्वागत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई धन्यवाद दिएका छन्।