आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

शाहद्वारा एनआरएनए मलेसियाको अध्यक्षमा उम्मेदवारी, निर्बिरोधको सम्भाबना

बुधबार, जेष्ठ १९ २०७८

मलेसिया । एनआरएनए मलेसियाका पूर्व अध्यक्ष एवं बर्तमान आईसिसि सदस्य महेन्द्रजंग शाहद्वारा एनआरएनए मलेसियाको आगामी जुलाई २५ मा हुने अधिबेसनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन । मलेसियाका सफल ब्यबसायी समेत रहेका शाह नेपाली समुदायमा आई पर्ने बिभिन्न समस्याहरुमा होस्टेमा हैसे गर्दै सँगै हिड्ने सामाजिक ब्यक्ति पनि हुन । बिभिन्न नेपाली संघ संस्थामा आबद्ध हुदै बिगतमा एनआरएन मलेसियाको अध्यक्ष हुदै एनआरएनको आइसिसि सदस्य रहि यस अभियानमा लाग्दै आएका शाहले अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन ।

एनआरएनए अभियानसंगै बिभिन्न सामाजिक कार्यमा अगुवाको रुपमा लागी पर्ने शाहले एनआरएनए मलेसियाको अध्यक्ष रहदा धेरै नै उत्कृस्ट कार्य गरेका थिए । आगामी कार्यकालमा शाहले आईसीसीसँग सहकार्य गर्दै अगाडी बढने र मलेसियामा दुख पाएका श्रमिक बर्गको हक अधिकारको लागी कार्य गर्ने बताए । मलेसियामा एनआरएनएका गतिविधि हुन नसकीरहेका क्षेत्रहरुमा समेत एनआरएनएलाई संगठित गराउँदैं क्षेत्रिय समन्वय परिषद गठन गर्ने भुमिकामा जोड दिने र त्यसै गरि मलेसियाको बिभिन्न क्षेत्रमा बस्ने नेपालीलाई पर्ने समस्याको समाधान गर्ने उनले बताए ।

एनआरएनएको अभियानमा महत्वपूर्ण भूमिका खेलिरहेको एनआरएनए मलेसियाले एनसिसीमा बढी भन्दा बढी नेपालीलाई संगठित गर्न यहाँ अबस्थित सबै संघ सँस्थासँग सहकार्य गरेर अगाडी बढाउने शाहको योजना रहेको छ । शाहले आफु अध्यक्ष हुदा ल्याएका धेरै योजनाहरु सफल बनाउन बाकि रहेकाले पुन एक कार्यकाल अध्यक्षमा उम्मेद्वारी दिएको र आफ्नो कार्यशैलीलाई हेरेर मलेसियामा रहेका नेपालीहरुले आफुलाई बिश्वाश गर्ने बताए ।

शाह आगामी निर्बाचनमा एनआरएनए मलेसियाको अध्यक्षमा बिजय हुनेमा आशाबादी छन । शाहको उम्मेद्वारी घोषणासँगै एनआरएनए मलेसियामा चुनाबी अभियान बढेर गएको छ पूर्व अध्यक्ष शाहले नै पुन उम्मेद्वारी दिएपछि अध्यक्षमा निर्बिरोध निर्बाचित हुने सम्भाबना बढेर गएको छ ।उनलाई मलेसियामा रहेका बिभिन्न राजनीतिक दल,बिभिन्न संघ सँस्था र एनआरएनए अग्रजहरुको समर्थन रहेकाले उनि निर्बिरोध निर्बाचित हुनेमा ढुक्क छन । शाहले सामाजिक काम गर्नको लागी आफु अगाडी सरेकाले सबैलाई साथ सहयोग गर्न आग्रह गर्दै आफुलाई निर्बिरोध निर्बाचित हुनेमा ढुक्क रहेको बताए ।

शाहसँगै आगामी कार्यकालको लागी सुन्दर आले र बिनोद थापाले इच्छा व्यक्त गरे पनि उम्मेद्वारी भने दिएका छैनन । शाहलाई नेपाली जनसम्पर्क समिति मलेसियाले आफ्नो आधिकारिक उम्मेदवारको रुपमा अगाडी बढाउने भएको छ । एनआरएनए मलेसियाको आगामी कार्यकालको पदाधिकारीको लागी टेकराज टमाटा , सुनिल चालिसे , हेमराज सापकोटा,नेत्र केसि,रंजित क्षेत्रि,कृष्ण नेपाल,राकेस महतो,अरुण गिरि,श्रद्दा देवानलगाएतले इच्छा प्रकट गरेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार