काठमाडौं । नेपाललाई अनुदानस्वरुप चीन सरकारले प्रदान गरेको कोभिड–१९ विरुद्धको थप खोप स्वदेश आइपुगेको छ । दश लाख खोपका मात्रामध्ये मंगलबार नौ लाख मात्रा नेपाल ल्याइएको हो । हिमालय एयरलाइन्सबाट एक लाख र नेपाल वायुसेवा निगमको जहाजमार्फत आठ लाख मात्रा खोप ल्याइएको होे ।
निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले निगमको एयरबस–३३० ९वाइडबडी० ले आठ लाख मात्रा खोप ल्याएको जानकारी दिए । उनका अनुसार उक्त खोप लिन सोमबार राति वाइडबडी जहाज चीनको राजधानी बेइजिङ उडेको थियो । बाँकी एक लाख डोज खोप लिन बुधबार हिमालय एयरलाइन्सको जहाज कुनमिङ जाने बताइएको छ । एयरलाइन्सले आÞफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत ती दुई लाख मात्रा खोप निः शुल्क ल्याइने जनाएको छ ।
जेठ २५ गतेदेखि लगाइने
काठमाडौँ । चीनले अनुदानमा दिएको १० लाख डोज कोरोनाविरुद्धको खोप जेठ २५ गतेदेखि लगाइने भएको छ । स्वास्थ्य मन्त्रालयले जेठ २५ गतेदेखि ६० देखि ६४ बर्ष उमेर समुहमा चीनले दिएको भेरोसेल खोप लगाउने अभियान शुरु हुने जानकारी दिएको हो । साथै मन्त्रालयले खोप दिदा दोस्रो डोज सुनिस्चित हुने गरि पहिलो डोज दिइने जानकारी दिएको छ ।चीनले अनुदानमा दिएको १० लाख डोज मध्ये ८ लाख डोज मंगलबार काठमाडौँ आइसकेको छ भने बाँकी दुई लाख खोप तिब्बतबाट आउनेक्रममा रहेको सरकारले बताएको छ ।