आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

कोरोना सम्बन्धमा अनावश्यक टिप्पणी नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

बुधबार, जेष्ठ १९ २०७८

काठमाडौँ(जस)– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को महामारीका सम्बन्धमा अनाधिकृत व्यक्तिले अनावश्यक बोल्न र टिप्पणी नगर्न अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता डा कृृष्णप्रसाद पौडेलले मंगलबार सूचना जारी गर्दै जनस्वास्थ्यका विषयमा असम्बन्धित निकायले आमसञ्चारमाध्यममा बोल्ने र टिप्पणी नगर्न आग्रह गरेका हुन् ।
यस्ता गतिबिधिले धेरैलाई द्विबिधा र भ्रमित बनाउने गरेकाले यस्तो कार्य नगर्न विज्ञप्तिमा भनिएको छ । ‘कोभिड–१९ का सम्बन्धमा समग्र जनस्वास्थ्यका बिषयमा विभागीय मन्त्री वा मन्त्रालयले तोकेका पदाधिकारी र निकाय वाहेकले आधिकारिक जानकारी वा पुष्ट््याइ गर्ने कार्यलाई रोकिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अनुरोध गरी पठाउने र सार्वजनिक रुपमा सवैलाई अनुरोध गर्ने’ सूचनामा उल्लेख छ । मन्त्रालयले अनाधिकृत सूचना तथा जानकारी प्रकाशन प्रसारण गर्न नगराउन अनुुरोध समेत गरेको छ ।
नेपालमा पछिल्ला दिनमा कोरोनाबाट संक्रमित हुनेभन्दा निको हुने बढेका छन् । मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८९८ कोरोना संक्रमणमुक्त भइ घर फर्किएका छन् भने सोही अवधिमा ६ हजार ८५ मा संक्रमण पुष्टि भएको छ । स् का अनुसार देशभरका विभिन्न प्रयोगशालामा १७ हजार १४७ को पिसिआर र ३ हजार १८ जनाको एन्टिजेन परीक्षण गर्दा पिसिआर मार्फत ५ हजार २८५ र एन्टिजेन मार्फत ८०० संक्रमित पुष्टि भएको हो । यस्तै हाल देशभर एक लाख ४ हजार ७८९ सक्रिय संक्रमित छन । मन्त्रालयको अनुसार सोही अबधिमा देशभर ६८ संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ७ हजार ४५४ पुगेको छ । हालसम्म सङक्रमणमुक्त हुनेको सङ्ख्या ४ लाख ५४ हजार ३४४ छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या एक लाख ५ हजार ५२१ पुगेका छन् । त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा ७ हजार ८५ जना रहेका छन् भने होम आइसोलेसनमा ९७ हजार ७०४ रहेका छन् । त्यस्तै अहिले नेपालमा १४९१ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये ४०४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा नेपालमा २० बर्ष मुनिका ६३० जनालाई कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० बर्ष मुनिका १७४ जना र ११ देखि २० बर्षसम्मका ४५६ गरि २० बर्षमुनिका कुल ६३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले देखिएको कोरोनाको नयाँ भेरियन्ट बालबालिका र युवाहरुलाई बढी असर गरेको देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घन्टामा २१ देखि ३० बर्ष उमेर समुहका १२१८ जना संक्रमित भएका छन् भने ३१ देखि ४० बर्षका ११८८ जना र ४१ देखि ५० बर्ष उमेर समुहका ८०४ जना संक्रमित भएका छन् । त्यस्तै ५१ देखि ६० बर्षसम्मका ७४२ जना, ६१ देखि ७० बर्षसम्मका ४१७ जना, ७१ देखि ८० बर्षसम्मका १८० जना, ८० बर्ष भन्दा माथिका ८८ जना र उमेर नखुलेका १८ जना रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार