आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन भोलिदेखि

मंगलबार, जेष्ठ १८ २०७८

रूपन्देही(जस)–लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले यही जेठ १९ गते बुधबार दिउँसो एक बजे प्रदेशसभा बैठक आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।
प्रदेश सरकारले बजेटको तयारी गरिरहेका कारण प्रदेशसभामा बजेट पेश गर्नुपर्ने भएकाले अधिवेशन आह्वान गरिएको बुझिएको छ । पछिल्लो पटक मुख्यमन्त्रीमा शङ्कर पोखरेलको पुनः नियुक्तिसँगै उनको सिफारिसमा विशेष अधिवेशन अन्त्य गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार