आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

यस वर्षपनि एसईई परीक्षा नहुने, नतिजा आन्तरिक मूल्यांकनबाट

मंगलबार, जेष्ठ १८ २०७८

काठमाडौं(जस)सरकारले यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) पनि आन्तरिक मूल्यांकनबाट गर्ने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मूल्यांकनबाट परीक्षा लिएर सोहीअनुसार नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसबारेको प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो ।
यसअघि परीक्षाको मोडालिटी तयार गर्न कार्यदल बनाइएको थियो । कोरोना भाइरस संक्रमणको अवस्थामा परीक्षाका विभिन्न विकल्प सुझाउँदै कार्यदलले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेललाई प्रतिवेदन बुझाएको थियो भने बोर्डले मन्त्रालयमा पेश गरेको थियो । मन्त्रिपरिषद्ले एसईईबारे टुंगो लगाएपछि अब परीक्षा कसरी हुने भन्ने अन्योलता पनि हटेको छ । सरकारले कोरोनाकै कारण यसअघि तय गरेको परीक्षा स्थगित गरेको थियो । अब आन्तरिक मूल्यांकनबाट परीक्षा गर्न आवश्यक तयारी गरिनेछ । कोरोनाकै कारण अघिल्लो वर्षपनि आन्तरिक मूल्यांकनबाटै परीक्षाफल प्रकाशन गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार