सोमबार, जेष्ठ १७ २०७८
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद (एनसीसी) अमेरिकाको नयाँ कार्यकाल (वर्ष २०२१ देखि २०२३ को कार्यकाल) का लागि भएको निर्वाचनमा बुद्धिसागर सुवेदी निर्वाचित भएका छन् । शनिबार र आइतबार भएको मतदानमा ७८ दशमलव ३२ प्रतिशत मतदान भएको थियो । मतदानका लागि कुल २०१३८ मतदाता रहकोमा १५७६८ ले मतदान गरेका थिए । सुवेदीले कुल मतको ३६ प्रतिशत ल्याएका छन् ।
मे २९ बिहानबाट सुरु भएको मतदानको समय (अमेरिकी समयअनुसार) मे ३० को ११ः५९ रातमा सकिएको थियो । मत सर्भेक्षण अनुसार अध्यक्षमा बुद्धिसागर सुबेदी बिजयी हुने सुनिश्चित देखिएको थियो । मतदान सम्पन्न भएको केही समयमै निर्वाचन समितिले परिणाम सार्वजनिक गरिरहेको छ । वरिष्ठ उपाध्यक्षमा ६ हजार ८ सय ५० ल्याई कृष्णजीवी पन्त बिजयी भएका छन । उनका निकटम प्रतिद्धन्द्धीमा बीआर लामा आएका छन् । उनले ५ हजार १ सय ९० मत ल्याए । महासचिवमा अन्जनकुमार चाैलागाइ ६ हजार ३ सय १२ मत प्राप्त गरेर विजयी भए । उनका प्रतिस्पर्धी विनोद भट्टले ५ हजार १ सय ४५ मत प्राप्त गरे । मत परिणामअनुसार उपाध्यक्षमा पन्तबाहेक सबै पदाधिकारी सुबेदी प्यानलका विजयी भएका छन । एनआरएनए अमेरिकामा २० हजार एकसय ३८ मतदाता थिए ।
यसै गरि उपाध्यक्षहरुमा गोपेन्द्र भट्टराई, सुमन थापा, डिलु पराजुली र बिकाश राज उप्रेती बिजयी भएका छन । त्यस्तै महिलातर्फ उपाध्यक्षमा दिक्षा बस्नेत बिजयी भएकी छिन । महासचिवमा अन्जन कुमार चौलागाई,सचिवमा अनुप खनाल,महिला तर्फ सचिवमा सुनिता कंडेल (महिला तर्फ), कोषाध्यक्षमा राजीव श्रेष्ठ तथा सह कोषाध्यक्षमा अग्नि ढकाल बिजयी भएका छन् । त्यस्तै महिला संयोजकमा सुन्दरी गुरुङ,युवा संयोजकमा त्रिभुवन पाण्डे बिजयी भएका छन् । त्यस्तै गरि प्रवक्ता पद रिक्त रहेको छ भने पछि मनोनित हुनेछ । यसै गरि संचालक समिति सदस्य(बोर्ड अफ डाइरेक्टर)मा चिकित्सक प्रकाश श्रेष्ठ,बिशाल राना,बाला घिमिरे,डोलनाथ घिमिरे,प्रल्हाद सापकोटा,ज्ञानेन्द्र गुरुङ सन्तोष पहारी,आशिष संग्रौला,शान्ति पौडेल ,बिश्व राज बास्तोला ,दुर्गेश कार्की तथा राज ढुंगाना बिजयी भएका छन् । अमेरिकाको तर्फबाट अन्तराष्ट्रिय परिषद सदस्यहरुमा अमृत सापकोटा,संजीव कुमार श्रेष्ठ,बिन्दु निरौला,सुरेन्द्र मल्ल,संजय थापा,गोविन्द सुबेदी,नारायण कंडेल बिनोद तिवारी तथा बिष्णु शाह बिजयी भएका छन् ।
बुद्धि सागर सुबेदी को हुन् ?
स्याङ्जा टक्सारका सुवेदी परिवार चितवनमा बसाई सराई गरेको हो । चितवनको माडीमा पढाईमा सधैँ प्रथम द्वितीय भै रहन्थे । उनले निमावि र माडी मावि वसन्तपुरमा पढे । २०४४ सालमा प्रबेशिका परीक्षा प्रथम श्रेणीमा उनले उक्त बिद्यालयबाट गरे ।
बुद्धिसागर पढाईमा तेज थिए भने उनले वन बिषयमा पोखरामा पढेका हुन् । उनि पहिला बिद्यालयको शिक्षक अनि पछि महाविद्यालयको प्राध्यापक भए । हाल उनि स्थापित अमेरिकाको विस्कनसिनका सफल व्यवसायी हुन् ।
पोखरामा वन बिषय पढ्दै गर्दा आन्दोलनमा छात्रावासमा पक्राउ परे पछि १/२ दिन थुनामा परे । उनले बाणिज्य प्रशासनमा स्नातकोत्तर गरेका छन् ।उनले कालिकोट गएर प्रस्तावित माविमा ३ बर्ष प्रअ भएर काम गरे । उनले पब्लिक यूथ, मीन भवन क्याम्पसमा लगायतमा २०५४ बाट २०६१ सम्म पढाए।त्यस पछि उनले नयाँ बानेश्वरमा कान्तिपुर इन्स्टिच्युटमा नामक सँस्था खोले जहाँ १७- १८ सय विद्यार्थी अध्ययनको लागि आउँथे। उनको उक्त सँस्थामा वित्तीय र लेखा पढाई हुन्थ्यो ।
उनि अत्यन्तै व्यस्त प्राध्यापक तथा शिक्षक थिए । बिहान साढे ४ बजेदेखि बेलुवा १० बजेसम्म पढाउन महाव्यस्त हुन्थे । त्यसै बीच उनले अमेरिकाले खोल्ने विविधता चिट्ठा अर्थात् डिभी परेकोले २००३ मा परिवार साथ अमेरिका आएका हुन् ।
उनि प्रारम्भमा अमेरिकाको बाल्टिमोर आएपछि इन्ध चौकीमा काम पनि गरे २००६ बाट व्यवसाय प्रारम्भ गरे । उनका थुप्रै व्यवसाय संचालनमा छन् भने ३० वटा व्यवसायमा झन्डै सय भन्दा ज्यादा नेपालीलाई उनले रोजगारी दिएका छन् ।
विस्कान्सनमा बसाई सराई गरे पछि सुवेदीकै नेतृत्वमा नेप्लिज एप्पलटन यूथ एसोसिएसन खोले भने हाल सम्म उनि त्यसको संरक्षक पनि छन । सुबेदी एनआरएनए विस्कनसिन शाखा अमेरिकाको २०१७र/१९ को संस्थापक सभापति भए । स्थानीय स्तरबाट सङ्घर्ष गर्दै क्षेत्रीय तह हुँदै उपाध्यक्षसम्म भए । र उपाध्यक्ष संगै उनि गैर आवासीय नेपाली संघ अमेरिकाको लागि अध्यक्ष पदका प्रत्यासी भए र बिजयी भएका छन् । सुबेदी सन् २०१० देखि एनआरएनए अभियानमा संलग्न भएका हुन् । अमेरिकामा उनि सफल व्यवसायी हुन् भने मिसिगन राज्यमा तल्लो स्तरमा काम गर्दै मिसिगनको अध्यक्ष ,अमेरिकाको उपाध्यक्ष र २०२१-२०२३ को लागि अध्यक्षको प्रत्यासी भएका थिए।
उनले जहाँ जाँदा पनि शाखाबाटै काम सुरु गरेकोले समस्या बुझेको र यसलाई कसरी समाधान गर्न पनि तयार रहेको बताएका थिए । संस्थालाई गर्व गर्न लायक र सामूहिक हितमा काम गर्ने प्रतिबद्धता समेत जाहेर गरेका थिए । उनले तपाईहरुको अध्यक्ष हुन् काम गर्नेछु । साथै यस संस्थालाई समुदायमा पुग्न सक्ने बनाउने आफ्नो ध्येय रहेको बताएका थिए ।उनले आफू मत माग्न आएको हैन र कामको मुल्यांकन समुदायले गर्ने छ भनेका थिए ।
निर्बाचनमा प्राप्त मतपरिणाम
राष्ट्रिय समन्वय परिषद (एनसीसी)
१.अध्यक्ष बुद्धिसागर सुबेदी—३,१२६(३६.१७प्रतिशत)
२.कृष्ण लामीछाने–५,२००(३३.४८प्रतिशत)
३.डा.अर्जुन बञ्जाडे—४,१४८(२६.७प्रतिशत)
४.तीलक केसी५६७(३.६५प्रतिशत)
बरिष्ठ उपाध्यक्ष.
१.कृष्ण जीेबी पन्त–६,८५०(४५.४४प्रतिशत)
२.बाबुराम(बिआर)लामा–५,५६३(३६.९प्रतिशत)
३.चित्रा कार्की—२,६३३(१७.६६प्रतिशत)
उपाध्यक्ष
१.अम्मरबहादुर छन्त्याल–३,१२६
२.बिकास उप्रेती—४,४३३
३.बासुदेब अधिकारी–४,२०८
४.चन्द्र लामा—३,३६९
५.डिलुुराम पराजुली–५,०९७
६.गोपेन्द्रराज भट्टराई—५,४९६
७.सुमन थापा–५,९६५
८.किशोर रेग्मी—१,०६५
९.प्रबीण केसी–४,०४९
१०.प्रकाश बस्नेत—२,३५८
११.रामहरि अधिकारी–४,२९६
१२.रोशन अधिकारी—१,५७७
१३.पुर्णचन्द्र बानीया—२,१०७
१४.टंक राज रेग्मी—२,१४७
महिला उपाध्यक्ष
१.दीक्षा बस्नेत—८,२४५
२.क्रान्ति अर्याल भण्डारी—६,४६६
महासचिब
१.अञ्जन कुमार चौलागाई—६,३१२
२.बिनोद भट्ट—५,१४५
३.दिपेन्द्र धिताल–२,५०९
सचिब
१.अनुप खनाल—५,९५७
२.नारायण प्रसाद पोख्रेल—३,४७३
महिला सचिब
१.सुनिता सापकोटा कडेल—७,७०७
कोषाध्यक्ष
१.राजीब प्रसाद श्रेष्ठ—८,८०५
२.सपेन्द्र कुमार साह—५,७९५
सह–कोषाध्यक्ष
१.अग्नि ढकाल—६,२०५
२.विकल ढकाल—४,६३७
३.रबिन्द्र प्रसाद उप्रेती—३,५८८
युवा संयोजक
त्रिभुबन पाण्डे—८,२३०
विजय गुरुङ—६,३८३
महिला संयोजक
सुन्दरी गुरुङ—७,८५७
सुनीता खत्री—६,१९४
जनसवाल राष्ट्रिय दैनिकको २०७८ जेठ १८ गते मंगलबारको इपेपर
http://www.janasawal.com/epaper/2021/06/01/3335/
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij