सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

चेम्बरद्धारा टेलिमेडिसिन सेन्टरको शुभारम्भ, नेपाल चिकित्सक संघको सहकार्य

सोमबार, जेष्ठ १७ २०७८

काठमाडौं(जस)–नेपाल चेम्वर अफ कमर्स तथा नेपाल चिकित्सक संघबाट संयुक्त पहलमा टेलिमेडिसिन सेन्टर अन कोभिड(१९ आइतबारदेखि संचालनमा आएकोे छ । हाल नयाँं भेरियण्टको कोभिड(१९ महामारीको संक्रमण तीव्र रुपमा वढि रहेको सन्दर्भमा उक्त संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ‘सम्पूर्ण नेपालीको जीवन रक्षाको लागि हामी एक हौं’ भन्ने अभियानमा टेलिमेडिसिन सेन्टरको लागि नेपाल चेम्वर अफ कमर्सले मुख्य प्रायोजन गरेको छ ।
नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको प्रमूख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा चेम्वरका अध्यक्ष मल्ल तथा नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीबाट संयुक्त रुपमा उक्त केन्द्रको शुभारम्भ भएको थियो । उक्त शुभारम्भ कार्यक्रममा प्रमूख अतिथि तथा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष मल्लले विश्वव्यापी महामारीको रुपमा फैलिएको दोश्रो चरणको कोरोनाभाइरस (कोभिड(१९) बाट प्रभाबित भएका व्यक्तिहरुले बिदेश तथा नेपालका सवै क्षेत्रबाट यस केन्द्रबाट अनलाइन परामर्श प्राप्त गर्न सक्ने हुंदा महामारी व्यवस्थापनमा सहयोग पुग्ने बिश्वास गर्दै यस पुनित कार्यमा मूख्य प्रयोजन गर्न पाउदा खुशी लागेको बताए ।

उक्त अवसरमा मल्लले नेपाल चेम्वर अफ कमर्सले चेम्वर कोभिड व्यवस्थापन समिति गठन गरी बिभिन्न सरकारी अस्पतालहरुलाइ कोभिड नियन्त्रणसंग सामाग्री तथा उपकरणहरु हस्तान्तरण भइ रहेको पनि जानकारी दिए । यस केन्द्र संचालनका लागि साल्ट टे«डिङ्ग कर्पोरेशन तथा ईश्वरलाल प्रतिष्ठानको पनि सह प्रायोजना रहेको छ । यस केन्द्रबाट सेवा लिन इच्छुक व्यक्तिहरुले “Mero Doctor” App down load गर्न सकिने र उक्त एप कसरी प्रयोग गर्ने सम्वन्धमा www.merodoctor.com/help मा गई यसवारे आवश्यक जानकारी प्राप्त गर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार