काठमाडौ(जस)-काठमाडौ बसुन्धारा स्थित कान्तीपुर डेन्टल तथा जनरल अस्पतालले पत्रकारलाई पचास प्रतिशत छुटमा पीसीआर परीक्षण गर्ने भएको छ। नेपाल पत्रकार महासंघ काठमाडौ र अस्पताल बिच पत्रकारहरुलाई कोरोना परिक्षणमा पचास प्रतिशत छुट गर्ने सहमति भएको हाे। अस्पतालको ल्याव शाखा बिच पत्रकारलाई पचास प्रतिशत छुटमा पीसीआर गर्ने सहमति भएको पत्रकार महासंघ काठमाडौ शाखाका अध्यक्ष सुर्य सुबेदीलेले जानकारी दिएका छन।सुबेदीका अनुसार उपत्यकाका तिनै शाखाका सदस्यहरु,एसोसिएट र प्रतिष्ठानका सदस्यहरुले परिचयपत्र देखाएर उक्त सेवा लिन सक्नेछन।कोरोना महामारीमा अग्रपंतीमा रहेर नागरीकलाई सुचना प्रबाह गरिरहेका पत्रकारहरुलाई सामाजिक दायीत्व अनुरुप छुटको ब्यबस्था गरिएको अस्पतालका ल्याब प्रमुख अनिल सापकोटाले बताएका छन।