शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

देशभरका पत्रकारहरुलाई निशुल्क उपचार,७ लाखको दुर्घटना बीमा

शनिबार, जेष्ठ १५ २०७८

काठमाडौ(जस)-सरकारले आगामी आर्थीक वर्षदेखि देशभरका पत्रकारहरुलाई निशुल्क उपचारको व्यवस्था गरेको छ ।नेपाल पत्रकार महासंघका सदस्य रहेका पत्रकारहरुलाई महासंघको सिफारिसमा देशभरका सरकारी अस्पतालहरुमा निशुल्क उपचारको व्यवस्था गरिने अर्थमन्त्री विष्णु पौडेलले बताए। सरकारले सञ्चारमाध्यमहरुलाई प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापनको १० प्रतिशत पत्रकार महासंघ अन्तर्गतको पत्रकार कल्याण कोषमा उपलब्ध गराउने निर्णय गरेको छ ।आगामी आर्थिक वर्षको बजेटमा सूचना तथा सञ्चार क्षेत्रका लागि कुल ७ अर्ब ७४ करोड रुपैया बजेट विनियोजन गरिएको उनले जानकारी दिए।पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार र ७ लाखको दुर्घटना बीमा गरिने जानकारी दिए । श्रमजिवी पत्रकारको लागि ७ लाख रुपैयाँसम्मको बीमा, ५० प्रतिशत बिमा प्रिमियम सरकारले व्यहोर्ने भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार