काठमाडौ।लमजुङको राईनास नगरपालिकामा रहेको सहोदर अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न ५सदस्यीय निर्माण उपसमिति गठन भएको छ।जस्को सदस्यहरुमा गणेश चिलुवाल,मधाब पराजुली,डा.शिब सिर्मल ,गोपि राज चौलगाई र स्बस्तिका पन्थी रहेका छन। शुक्रबार अक्सिजन प्लान्ट अभियान समितिका संयोजक तथा राईनास प्रबासी बिकास संस्थाका निर्देशक पुर्ण बहादुर पोखरियाको अध्यक्षतामा बसेको भर्चुुअल बैठकले अक्सीजन प्लान्ट निर्माण गर्न समिति गठन गरेको हो। भर्चुअल कार्यक्रम का प्रमुख अतिथि प्रोफेसर ड़ा रामचन्द्र भुजेल र राइनास नगरपालिका का प्रमुख सिंह बहादुर थापा लगायत रोजगार र ब्यबसायको सिलसिलमा विश्वको बिभिन्न मूलकमा रहेका प्रबासी र नेपालमा रहेका लमजुङ्गबासीहरुको उल्लेख्य सहभागीता रहेको थियो । भर्चुअल कार्यक्रममा हास्पिटल को लागि कसरी यथासक्य छिटो अक्सिजन प्लांट निर्मण गर्न सकिन्छ भन्ने बिषयमा बक्ताहरुलेआ–आफ्नो धारणा राखेका थिए। राइनास प्रबासी बिकास कम्पनीका को पहल मा भएको भर्चुअल अंतरक्रीया कार्यक्रममा राइनास प्रबासी बिकास संस्थाका अध्क्षय र अक्सिजन प्लांट अभियान का सदस्य महेन्द्र चौलगाई ले यस संस्थाले राइनास क्षेत्र मात्र नभइ बरिपारी को क्षेत्र लाई समाटेर गएको र संस्थाले ले स्वास्थ्य शिक्षा लगायत अन्य कÞुरा मा सहयोग गर्दै जाने बताए। राईनास नगरपालिका प्रमुख सिंह बहादुर थापा ले राइनास प्रबासी बिकास कम्पनी सँग सहकार्य गरेर अगाडी बड्ने र यो अक्सिजन प्लांट को लागि ६०% लगानी नगरपालिकाले गर्ने प्रबिद्धता ब्यक्त गरे। यसै गरि प्रमुख अतिथि प्रोफेसर कृषि बिज्ञ ड़ा रामचन्द्र भुजेलले नगरपालिका हास्पिटल र प्रबासी को सहकार्य मा उत्कृष्ट प्लांट बनाउनु पर्ने यस को लागि आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता ब्यक्त गरे। अर्का सहभागी राइनास नगरपालिका बड़ानं७का अध्क्षय माधब पराजुली ले वडाको को पूरा बजेट यस अक्सिजन प्लांट निर्माणको लागि लगाउन आफु तयार रहेको प्रष्ट पारे। यसै गरि राईनास अस्पतालका संचालक डा. चनमन सिर्मल ले राइनास बासी र प्रबासी हरुको योजनालाई धन्यबाद दीदै सबै पक्ष एक भएर अघि बडेको खण्ड मा असम्भब भन्ने नरहेको बताए। साथै उनले अक्सिजन प्लान्ट निर्माण गर्न सकिए कोरोना मात्र नभई अरु दीर्घ रोगी हरु लाई पनि अक्सिजन को समस्या हल हूने र यस हास्पिटल बाट गोरखा तनुहंका बहुसंख्यक सेबगा्रर्ही समेत लाभान्वीत हुने बताए।संस्था का निर्देसक तथा अक्सिजन प्लांट अभियान का संयोजक पूर्ण पोखरिया ले सबै पक्ष सँग हतोमेलों गरेर अघि बड्न प्रबासी नेपालीहरु तयार रहेको बताउदै यस अभियानलाई जसरी भए पनि सफल बनाई छोड़ने र यस मा सबै पक्ष स्वदेश तथा प्रबास् मा रहेका सम्पुर्णलाई सहयोग को अपील गरेका थिए। अक्सिजन प्लान्ट अभियान समितिका संयोजक तथा राईनास प्रबासी बिकास संस्थाका निर्देशक पुर्ण बहादुर पोखरियाको धारणा सहित कार्यक्रमको समापन गरिएको थियो।