काठमाडौ।नेपालको कोरोना महामारी नियन्त्रणको लागी दक्षिण कोरिया सरकारले २लाख अमेरिकी डलर बराबरको स्वस्थ्य सामाग्री सहयोग स्वरूप प्रदान गर्ने भएको छ। नेपालको कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाले तत्काल दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने भएको हो। ।गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरियाको पहलमा उक्त स्वास्थ्य सामग्री प्राप्त हुन लागेको हो । एनआरएनए दक्षिण कोरियाले एक विज्ञप्ति जारी गर्दै सो सहयोग द.कोरिया सरकारले गर्न लागेको जानकारी दिएको छ।
गैर आबासीय नेपाली संघ(एनआरएनए)राष्ट्रिय समन्बय परिषद कोरियाका पदाधीकारीहरुले कोरिया सरकारका प्रतिनिधिहरुलाई प्रत्यक्ष भेट गरी सहयोगको लागी अनुरोध गरे पश्चातउक्त स्वस्थ्य सामाग्री नेपाललाई प्रदान गर्न लागेको हो। दक्षिण कोरियामा रहेका गैर आबासीय नेपालीहरुको निरन्तर कोरिया सरकारका प्रतिनिधिहरुलाई पहल र प्रत्यक्ष भेट गरी सहयोगको लागी अपिल गरेको थियो। केारिया सरकारले नेपालको कोरोना महामारीमा स्वास्थ्य सहायता गर्ने आश्वासन दिए संगै २लाख अमेरिकी डलर बराबरको सहायता दिन लागेको एनआरएनए द.कोरियाका राष्ट्रिय समन्बय परिषदका महासचिब बिमल सुबेदीले जानकारी दिएका छन।
