काठमाडौँ । नेपालमा थप ८६३६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ८३८७ र एन्टीजेन परिक्षणबाट २४९ गरि कुल ८६३६ जना संक्रमित थपिएको जानकारी दिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ४०४ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७६.६ रहेको मन्त्रालयले जनाएको छ ।
देशभर अहिले ९१४ जना क्वारेन्टाइनमा छन् भने पछिल्लो २४ घण्टामा २२ हजार ३०६ पिसिआर परिक्षण भएको छ । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या एक लाख १७ हजार २६१ पुगेका छन् । त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा ८ हजार ८८३ जना रहेका छन् भने होम आइसोलेसनमा एक लाख ८ हजार ४२८ रहेका छन् ।
त्यस्तै अहिले नेपालमा १६७२ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये ४४७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १६९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ६७०० पुगेको छ ।