काठमाडौ(जस)-पछिल्लो २४ घण्टामा देशभर २० हजार ४ सय ५३ जनाकाे परीक्षण गर्दा सात हजार ४ सय २५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।त्यस्तै एक सय ८५ संक्रमितको मृत्यु भएको छ ।मन्त्रालयका अनुसार सात हजार १ सय ३५ काेराेना संक्रमित संक्रमणमुक्त भएका छन् भने सक्रीय संक्रमितको संख्या एक लाख १५ हजार ४ सय ४७ रहेको छ।हालसम्म २९ लाख ३६ हजार ३ सय १४ जनाको काेराेना परीक्षण गरिसकेको छ । तीन लाख ९८ हजार ४ सय ८३ जना निको भइसकेका छन् ।
देशभर हाल सम्म कुल छ हजार ५ सय ३१ संक्रमितको मृत्यु भइसकेको छ ।पछिल्लो समय संक्रमणमुक्त हुने दर ७६.६ प्रतिशत रहेको छ ।