आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

नेपालमा कोरोना : ७९१४ कोरोना संक्रमित थपिए, १९३ जनाको मृत्यु

आइतबार, जेष्ठ ९ २०७८

काठमाडौं । नेपालमा कोरोनाबाट ७ हजार ९ सय १४ जनामा कोरोना पुष्टि भएको छ । जसमा उपत्यकामा मात्रै २ हजार ८ सय २१ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै आज १९३ जनाको मृत्यु भएको छ ।

आज ७ हजार ६६४ जना डिस्चार्ज भएका छत् ।
पछिल्लो चौबीस घण्टामा काठमाडौं उपत्यकामा २ हजार ८२१ जना कोभिड संक्रमित थपिएका छन् ।

आज काठमाडौैंमा १ हजार ७६१, ललितपुरमा ६९४ र भक्तपुरमा ३६६ जना नयाँ संक्रमित थपिएका हुन् ।

मुलुकभर आज १ हजार ७२१ जना आईसीयू र ४८४ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार