काठमाडौ।विश्व अहिले काेराेनाकाे महामारीले आक्रान्त छ । नेपालमा पनि काेराेना उच्च गतिमा समुदायमा फैलिराखेकाे छ । हाल सरकारले यसलाइ नियन्त्रण गर्न सकिराखेकाे छैन । काेराेनाकाे अनेकाै स्वरुपहरु बिकसित हुदैछन। हिजाेभन्दा आज झन स्थिति जटिल बन्दै गईराखेकाे छ । काेभिड-१९ संकटकाे सामना गरिरहेको लमजुङ्गको राइनास नगरपालिका बासीहरुलाइ स्वास्थ्य सामाग्री तथा उपकरणहरु पठाई केही हद सम्म मलमपट्टि लगाउने उदेश्यले”हामी बाचौ र हाम्रालाई पनि बचाओेेेै” भन्ने नारा सहित सचेत युवा बर्गहरुकाे अगुवाईमा आर्थिक संकलन अभियान शुरु गरिएकाे लमजुङ्ग समाज कतारका संस्थापक एवं ब्याबसायी पूर्ण पोखरियाले बताए । पुर्बी लमजुङकाे एकमात्र सामुदायिक अस्पताल सहाेदर सामुदायिक अस्पताललाई काेराेना महामारीकाे संक्रमणसँग जुध्न यसलाइ स्वास्थ्य उपकरणले सुबिधा सम्पन्न बनाउदेै लैजान लमजुङ्गको राइनास नगरपालिकाका स्थायी घर भएकाहरु जुटेका छन ।

देशका सबै समस्यामा सरकार सक्षम पनि नहाेला, आफ्नाे गाउँ ठाउकाे लागि देश बिदेशमा रहनुहुने तमाम सबैमा सहयाेगकाे लागि पोखरियाले आग्रह गरेका छन । यती बेला देशभर बिशेषत: अक्सिजनकाे समस्या देखिएकाे छ । प्राण वायु अक्सिजनकाे कमिले दैनिक सयाैकाे संख्यामा मान्छेकाे मृत्यु भईरहेकाे छ यसलाई रोक्न यहाँका स्थानीयहरू सक्रिय भएर लागेका छन ।तत्कालकाे अक्सिजन ब्यबस्थापनकाे लागि अक्सिजन सिलिण्डर र अक्सिजन कन्सनट्रेटर मेसिनकाे लागि सहयाेग संकलन अभियान अघि बढिरहेको छ ।

हाल कतारमा रहेका पोखरियाले पनि दुई लाख चालिस हजार अक्सिजन कन्सनट्रेटरको लागी सहयोग पठाईसकेका छन । साथै अक्सिजनको स्थानीय रुपमै दिर्घकालीन रुपमा समस्या समाधान गर्नको लागी यहाँको सामुदायिक अस्पतालमा अक्सिजन प्लान्ट नै निर्माण गर्न लमजुङ्गको राइनास नगरपालिकाका स्थानीयहरू एकीकृत हुदैँ पूर्ण पोखरियाको संयोजकत्वमा एक समिति गठन गरिएको छ । उक्त समितिले जतिसक्दो छिटो अक्सिजन प्लान्ट बनाउन सक्रिय रहेको पोखरियाले बताए ।उनले हाम्राे सानाे सहयाेगले कयाेैंकाे ज्यान बच्छ भने किन नबचाउने भन्दै यस्ताे महामारीकाे संकटमा सबैलाई सहयोग गर्न अनुरोध गरे । पोखरियाले आफुहरुले लमजुङ्गको राइनास नगरपालिकामा रहेको सहाेदर सामुदायिक अस्पतालमा जतिसक्दो छिटो अक्सिजन प्लान्ट निर्माण गर्ने बताए ।
