काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संबिधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठन गर्न आव्हान गरेकी छन् । मन्त्रिपरिषदले संबिधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनको प्रक्रिया अगाडी बढाउन अनुरोध गरे अनुसार राष्ट्रपति भण्डारीले जेठ ७ गते साँझ ५ बजेसम्मको समय दिएर प्रतिनिधि सभा सदस्यलाई सरकार गठनको दाबि पेश गर्न आव्हान गरेकी हुन्
राष्ट्रपति कार्यालयले भनेको छ-‘मन्त्रिपरिषद्बाट मिति २०७८/२/६ मा निर्णय भएको र सो बमोजिम प्रधानमन्त्री नियुक्ति प्रकृया आरम्भ हुन सम्माननीय प्रधानमन्त्रीज्यूबाट अनुरोध भई आएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि मिति २०७८ जेठ ७ गते साँझ ५:०० बजे सम्म प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रतिनिधि सभाका सदस्यलाई आह्वान गर्नुभएको छ ।’
