काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्रको भातृ संघठन नेपालि जनप्रगतिशील मञ्च मलेसियाले नेपाल सरकार जनतासम्म नपुगेको भन्दै कोभिडका कारण नेपाली जिबन अस्तब्यस्त भैरहेको अबस्थामा मातृभुमिलाई सहयोग होस भन्ने उद्देश्यले रकम जम्मा गरेर नेपालमा आर्थिक सहयोग पठाएको छ ।
सो रकम पार्टीको बिदेश बिभागको खातामा जम्मा गरिएको मंचका अध्यक्ष प्रेम पाण्डेले बताए । देशलाई दुख्दै गरेको अबस्थामा मातृभुमिलाई सहयोग होस भन्ने उद्देश्य राखेर रकम संकलन गरिएको पाण्डेले जनाए ,पाण्डे मंचको अध्यक्ष घोषणा हुनासाथ दुई दिनमै उनले दुई लाख सतसठ्ठि हजार उठाएर पार्टीको विदेश विभागमा पठाएका हुन ।
कोभिड नियन्त्रणको लागि उठेको सहयोग रकम पार्टीले जतिसक्दो छिटो कोरोनाले समस्यामा परेका नेपालीहरुकोमा पुर्याउन पाण्डेले पार्टीलाई आग्रह गरे । जनप्रगतिशिल मंच मलेशियासँगै अन्य देशमा रहेका माओबादी केन्द्रले पनि कोरोनाको समस्यामा परेका नेपालिहरुको लागी आर्थिक संकलन शुरु गरेको छ ।
