आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

नेपालमा कोरोना : थपिए ८३०५ संक्रमित, १९० को निधन

बिहिबार, जेष्ठ ६ २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ८ हजार ३ सय ५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकका अनुसार यो अवधिमा १ सय ९० जनाको संक्रमणका कारण निधन भएको छ ।

यो बीचमा ६ हजार ५ सय ४३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २१ हजार ६ सय ९५ जनाको पीसीआर तथा ३ सय ९२ जनाको एन्टिजेन गरी कुल २२ हजार ८७ जनाको परीक्षण गरिएको थियो ।

जसमा ८ हजार २ सय २७ जनाको पीसीआरबाट तथा ७८ जनाको एन्टिजेन प्रविधिबाट संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार