आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

लमजुङ भूकम्पः थप दुई पराकम्प महशुस,क्षतिको विवरण आउने क्रम जारी

बुधबार, जेष्ठ ५ २०७८

काठमाडौ।लमजुङको मर्स्याङदी गाउँपालिका, भुलभुले केन्द्र बनाएर गएको ५.३ म्याग्निच्युडको भूकम्पले १२ वटा घरमा क्षति पुगेको छ ।आज विहान ५ बजेर ४२ मिनेटमा गएको भूकम्प मध्य र पश्चिम नेपालका अधिकांश महशुस गरिएको थियो । भूकम्पले १२ वट घरमा क्षति पुयाएको र अहिलेसम्म ४जना घाइते भएको जानकारी आएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

एकाविहानै भूकम्पको ठूलै कम्पन आएपछि लमजुङ र आसपासका जिल्लाका बासिन्दा घर बाहिर निस्किएका थिए ।जिल्ला प्रहरी कार्यालय लमजुङ डिएसपी गंगा थापाका अनुसार भुकम्पबाट अहिलेसम्म ४ जना घाइते भएका छन् ।यससँगै सोही स्थानमा केन्द्र बनाएर विहान ८ बजेपछिको समयमा थप दुई पराकम्प महशुस गरिएको छ । विहान ८ बजेर १६ मिनेटमा ४ म्याग्निच्युड र ८ बजेर २६ मिनेटमा ५।३ म्याग्निच्युडका दुई पराकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको वेवसाइटमा उल्लेख गरिएको छ ।

घाइते हुनेमा मर्स्याङ्दी गाउँपालिकाका ४० वर्षीया उमा गुरुङ र ८३ वर्षीया खवकुमारी पाण्डे छन् । ‘बाँकी २ जनाको भने परिचय खुलेको छैन,’ डीएसपी थापाले भने, ‘यो प्रारम्भिक जानकारीमात्रै हो क्षति अझै बढ्न सक्छ ।’

डीएसपी थापाले बिहानै भूकम्पको ठूलो धक्का महसुस र त्यसको पराकम्पनले गर्दा जिल्लाबासीहरु आत्तिएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार