आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

भबन भट्टको संयोजकत्वमा जापानमा रहेका नेपालीहरुले नेपालका लागि आर्थीक सहयोग संकलन गर्दे

बुधबार, जेष्ठ ५ २०७८

काठमाडौ।गैर आबासीय नेपाली संघ(एनआरएनए)का निबर्तमान अध्यक्ष भबन भट्टको संयोजकत्वमा जापानमा रहेका नेपालीहरुले नेपालमा सहयोग गर्ने उदेश्यले आर्थीक सहयोग संकलन अभियान सुरु गरेका छन। नेपालमा कोरोना महामारीको दोश्रो लहर संगै अक्सिजन लगायतका स्वास्थ्य सामाग्रीको अभाबले नेपालीकोज्यान गईरहेको बेलामा जापानमा रहेका नेपालीहरुले नेपाल पठाउन रकम संकलन गर्न लागेका हुन।जापानस्थित नेपाली दुताबासको समन्वयमा आर्थीक सहयोग संकलन गर्न लागीएको हो।हालसम्म २९लाख९५हजार येन अर्थात३१लाख ६१हजारभन्दा बढी नेपाली रुपैया संकलन भईसकेको छ।स्वास्थ्य सामाग्रीको अभाबमा नेपालीले ज्यान गुमाउनु नपरोस भनी आर्थीक सहयोग संकलन गरीएको एनआरएन आईसीसीका निबर्तमान अध्यक्ष भबन भट्टले जानकारी दिएका छन।उनले नेपालमा बिद्यमान संकटको बेलामा जापानमा रहेका सम्पुर्ण नेपालीलाई ुसहयोग गर्न अपिल समेत गरेका छन।सहयोग संकलन अभियानमा निबर्तमान अध्यक्ष भट्टले १०लाख येन,एनआरएन जापानले ३ लाख,महेशकुमार श्रेष्ठले २लाख,दिपवे फाउन्डेशनका दिपक सुबेदीले १लाख५०हजार येन ुहयोग गरेका छन।यसैगरी एनबिए जापानले १लाख ,एनआरएननागोयाले१लाख,एनआरएन कान्साईले १लाख येन लगायत अन्य संघ संस्था तथा ब्यक्तिले सहयोग गरेको भट्टले बताएका छन।नेपालको हरेक समस्यामा गैरआबासीय नेपाली संघ(एनआरएनए)को सदैब सहयोग रहने बताउदै आगामी दिनमा समेत सहयोग निरन्तर रहने बताएका छन।

प्रतिक्रिया
सम्बन्धित समाचार